शुक्रवार, 3 अगस्त 2018

विवेकशील साझा अगाडि छ : रवीन्द्र मिश्र


विवेकशील साझा पार्टी स्थापना भएको यसै साता एक वर्ष पूरा भएको छ । सोही अवसर पारेर शुृक्रबार ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा सम्पादकहरुलाई निम्त्याइयो ।

सेलरोटी, समोसा, अचारसहित चियापान गरिसकेपछि अमेरिकामा रहेका पार्टीका संयोजक उज्वल थापाको ४ मिनेटको भिडियो सन्देश सुनाइयो ।




‘दिनमा हजारौं मात्र होइन, दशौं हजार नेतृत्व जन्माउनुपर्नेछ । यसका लागि हामीलाई विवेकशील भावना बोकेका नेतृत्व चाहिएको छ’ संयोजक थापाले भिडियो सन्देशमा भने, ‘यसका लागि दुईवटा कुरा निकै महत्वपूर्ण हुँदोरहेछन्- एउटा गति, अर्को ढंगको कुरा आउँदोरहेछ ।’

थापापछि पालो आयो- सशरीर उपस्थित अर्का संयोजक रवीन्द्र मिश्रको । सम्पादकहरु सामु पूर्वपत्रकार मिश्रले भने- ‘उज्जवलजीले गति र ढंगको कुरा गर्नुभयो । गएको एक वर्षमा गति पनि तीव्ररुपमा नै अगाडि बढेको हो । र, हाम्रो दृष्टिकोणबाट हामीले ढंग पनि पुर्‍याएरै अगाडि बढेका हौं ।’

यति भनिसकेपछि मिश्रले केहीबेर भूमिका बाँधे ।

देशमा तीनवटा पार्टीको मात्र चर्चा छ : मिश्र

गएको एक वर्षमा हामीले पार्टी एकीकरण गर्‍यौं । पार्टी एकीकरण गर्नुभन्दा ठ्याक्कै अगाडि हामी चुनावमा होमियौं । पार्टी एकीकरण गरिसकेपछि फेरि नयाँ पार्टी जस्तै गरेर रातारात दर्ता गर्नुपर्‍यो र नयाँ पार्टी दर्ता गर्दाखेरि हामीले नयाँ दस्तावेज बनाउनुपर्‍यो । दर्ता गर्न पाएको छैन, चुनाव आइहाल्यो ।

हामीले पार्टी निर्माणका लागि गर्नुपर्ने कैयौं कामहरु गर्नै पाएका थिएनौं । त्यो गर्न नपाउँदै त्यही अन्योलको वीचमा हामी चुनावमा होमियौं । चुनावमा होमिएर तीन/चार महिनाको वीचमा हामीले जुन नतिजा ल्यायौं, त्यसबाट हामी असन्तुष्ट छैनौं ।

हामी राष्ट्रिय पार्टी बन्नबाट अलिकतिले छुट्यौं । यो भनेको हाम्रा लागि धेरै ठूलो उपलब्धि हो । किनभने हामीसँग केही पनि थिएन । यस्तो अवस्थामा गएर हामीले यो उपलब्धि हासिल गर्‍यौं ।

यो उपलब्धि हासिल गरिसकेपछिका यो ५/६ महिनामा यो पार्टी निर्माणका लागि हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भएको छ । यो वीचमा हामीले पार्टीको जग हाल्ने प्रयास गर्‍यौं । किनभने, जग बलियो भएमात्रै भोलि जत्रो घर बनाए पनि त्यो भत्किँदैन । अहिले हार्रहुर्र गर्‍यौं भने त्यो कोल्याप्स हुन्छ

। पीरामिड शैलीमा हामीले पार्टी निर्माण गर्‍यौं भने जग बलियो हुन्छ र १० रेक्टर स्केलको भुइँचालो आए पनि त्यो भत्किँदैन । त्यसैले जग बलियो बनाउनका लागि हामीले काम गरिराखेका छौं । यसक्रममा अहिले ७ वटा प्रदेशमध्ये ५ वटा प्रदेशमा संयोजकहरु चयन गरिसकेका छौं ।

हुन त हामी भर्खर जन्मिएका हौं । तर धेरै ठाउँमा जाँदाखेरि हामीलाई तपाईहरुको राजनीतिक सोचै छैन, राजनीतिक विचारै छैन भन्ने प्रश्न पनि धेरै सामना गर्‍यौं । त्यसकारण हामीले पार्टीभित्र एकदमै घनिभूत छलफल छलफल गरेर राजनीतिक दस्तावेज बनायौं । यसका साथै पार्टीका विभिन्न विभागहरु बनाएका छौं । सँगसँगै पार्टी विस्तारको खाका पनि बनाइसकेका छौं । पार्टीको कार्यालय पनि बनाएका छौं ।

योवीचमा हामी सामाजिक, राजनीतिक अभियानमा पनि सक्रिय भयौं । तपाईहरु सबैलाई थाहा छ, मोदीजी नेपाल आउँदाखेरि हामीले केही पनि गरेको होइन, ‘मोदीजी स्वागत छ, तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखेर कार्यालयमा तुल झुण्ड्यायौं । तर, कार्यालयभित्र नै प्रहरी हस्तक्षेप भयो ।

त्यसैगरी गोपाल पराजुलीको केसमा होस् अथवा लोकमानसिंहको केसमा होस्, वा डा. गोविन्द केसीको केसमा होस्, हरेक ठाउँमा काहीँ हाम्रौ प्रत्यक्ष संलग्नता रह्यो, काहीँ हाम्रो अप्रत्यक्ष संलग्नता रह्यो ।

एकातिर हामी राष्ट्रिय पहिचान बनाउन प्रयास गरिरहेका छौं । अहिले पछिल्लो चरणमा आएर हामीलाई के लागेको छ भने नेपालमा अहिले तीनवटा पार्टीको मात्रै चर्चा भइराखेको छः एउटा कम्युनिस्ट, एउटा कांग्रेस अनि एउटा विवेकशील साझा । अरु पार्टी पनि छन् तर मूल रुपमा तीनवटा पार्टीको चर्चा भएको छ र अब हाम्रो दष्टिकोण पनि आएन भने कतिपय समाचार र विश्लेषणहरु अपुरो हुन्छ भन्ने किसिमको स्थिति हामीले सिर्जना गरेका छौं ।

संयोजक रवीन्द्र मिश्रले भूमिका बाँधिसकेपछि त्यहाँ विवेकशील साझा पार्टीमाथि केही प्रश्नहरु उठे, जसको जवाफ मिश्रले एक-एक गर्दै फर्काए ।

तपाईहरुको विवेकशील साझा पार्टीलाई शहरिया, सुकिला मुकिलाहरुको पार्टी भन्ने आरोप लाग्ने गरेको छ नि । गाउँका अनि सहरकै पनि सामान्य मानिसहरुले तपाईहरुलाई किन आफ्नो भन्दैनन् र शहरिया मान्छे भन्छन् ?

धेरै देशमा र नेपालमा पनि राजनीतिक पार्टीको निर्माणको केन्द्रविन्दु पहिला शहरै हो । पछि गाउँ गएको हो, तर पहिलो केन्द्रविन्दुचाहिँ शहर नै हो । तर, शहरबाट हामीले यो पार्टी सुरु गर्नुको अर्थ हामी शहरिया भन्ने जुन सोचाइ छ, त्यो चाहिँ अलिकति भ्रमपूर्ण छ ।

किनभने, हाम्रो पार्टीमा यो देशका विभिन्न कुनाकाप्चाबाट आएका हाम्रा साथीहरु केन्द्रीय कमिटीमा हुनुहुन्छ । दोस्रो कुरा, पार्टी निर्माण हामीले शहरबाट गरे पनि यो एक वर्षभित्रमा हामी दर्जनौं जिल्लामा पुगिसक्यौं । गाउँ गाउँ पुगिसक्यौं । एकै वर्षमा देशैभरि पुग्न गाह्रो हुन्छ । तर, गाउँमा नपुगिकन र देशभरि नफैलिइकन हामी नेतृत्वमा पुग्न सक्दैनौं । यो कुरामा हामी एकदमै सचेत छौं ।

तपाईहरुमा आर्थिक पारदर्शिता त्यति देखिँदैन भन्ने आरोप छ नि ?

आर्थिक पारदर्शिता त वास्तवमा भन्ने हो भने नेपालमा सबैभन्दा आर्थिक पारदर्शिता अवलम्बन गरेको पार्टी त हाम्रै हो । आरोप त हामीलाई के के लगाइयो लगाइयो नि । चुनावका बेलामा त झन के के भनियो, भनियो ।

तर, हाम्रो वेबसाइटमा जामनुभयो भने हामीले अडिट गरेको रिपोर्ट र सबै विवरणहरु राखेका छौं र त्यसलाई हरेक तीन महिना, चार महिनामा अद्यावधिक गर्छौं । यो कुारमा त हामी एकदमै सचेत छौं । कतिपय साथीहरुले हाम्रो वेबसाइट नहेरेर भन्नुभएको होला, कतिपयले चाहिँ हामीलाई आरोपै लाउनुभएको छ ।

तपाईहरुले राजनीतिमा आफ्नै ‘अनरसीप’ विकास गरिरहनुभएको छ कि अरुको पुच्छर समातेर हिँडिरहनुभएको छ ?

मुद्दाको ‘अनरसीप’ को हकमा अब यो देशको प्रमुख मुद्दालाई हामीले हाम्रो भनेर दाबी गर्ने ठाउँमा पुर्‍याइसक्यौं । यो भनेको शिक्षा र स्वास्थ्य हो । हामीले स्पष्ट रुपमा भनिसक्यौं । हामीले के भनिसक्यौं भने यो देशको कुनै पनि प्रमुख दलले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने नैतिक धरातल र आँट राख्दैनन् । किनभने, घनश्याम (भुसाल) जीले नै भन्दिइहाल्नुभयो- शिक्षा र स्वास्थ्यमा लगानी गर्ने व्यक्ति कम्युनिष्ट हुन सक्दैन भनेर ।

समाजवादको धरातलमा बनेका दुईटा प्रमुख दलहरुले शिक्षा र स्वास्थ्यलाई यो मुद्दा हाम्रो हो र राज्यको दायित्व हो भन्ने नैतिक धरातल राख्दैनन् । हामीले सुरुदेखि नै यो हाम्रो प्राथमिकता हो र यो राष्ट्रकै दायित्व हुनुपर्छ भन्दै आएका छौं । यो कसरी हुनुपर्छ भन्ने पनि हामीले विश्लेषण गरेका छौं । तर, यी दुईटा (शिक्षा र स्वास्थ्य) हाम्रा मुद्दा हुन् भनेर अहिले नै मैले भन्न सक्छु ।

धेरै साथीहरुमा डा. गोविन्द केसी अगाडि आउँदा मात्रै हामी यसमा आयौं भन्ने परेको छ र यस्तो प्रश्नको हामीले बारम्बार फेस पनि गरेका छौं । वास्तविकता के हो भने हामी पार्टी एकीकरण हुनुभन्दा पनि पहिला विवेकशील नेपाली दलका साथीहरु सुरुदेखि डा. गोविन्द केसीको अभियानमा सहभागी भएर आउनुभयो । र, पार्टी एकीकरण भइसकेपछि पनि उहाँहरु र हामी त्यत्तिकै लगावका साथ यो अभियानमा संलग्न भयौं । तर, योमात्रै हाम्रो मुद्दा कदापि होइन, शिक्षा र स्वास्थ्यमा त्यो भन्दा हामी धेरै अगाडि बढ्न चाहन्छौं ।

स्पष्ट रुपमा भन्दा केही फरक पर्दैन, डा. केदारभक्त माथेमा कार्यदलले बनाएको जुन प्रतिवेदन लागू गर्नुपर्छ भन्ने डा. केसीको जुन माग हो, त्यो. माग प्रस्थानविन्दु हो, त्यो माग लागू हुनैपर्छ । तर, हामीले के भनेका छौं भने त्यो माग हाम्रो पार्टीले परिकल्पना गरेको शिक्षा र स्वास्थ्यको सेवा र सुविधाभन्दा पछाडि नै छ ।

किन पछाडि छ भने अहिले पनि चिकित्सा शिक्षा दिने निजी कलेजहरुलाई त्यो प्रतिवेदनले निरन्तरता दिएको छ । अब १० वर्षपछि फेरि हामी यही बहसमा ओर्लिनुपर्छ यसलाई राष्ट्रियकरण गर्ने कि नगर्ने भनेर । यदि यो १० वर्षको वीचमा अहिले भएका निजी मेडिकल कलेजहरुलाई असान्दर्भिक हुने गरेर सरकारले नीतिगत सुुधार गर्न सकेनन् भने यो बहस फेरि पनि उठ्छ । त्यसकारण हाम्रो भनाइ के हो भने हामी त शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व हुनुपर्छ ।

नेपालमा शिक्षामा लगभग १० प्रतिशत मात्रै खर्च भइराखेको छ, जुन कम हो । अन्तर्राष्ट्रिय प्रचलन अनुसार १७ देखि २० प्रतिशतसम्म खर्च हुनुपर्छ शिक्षामा । त्यसैगरी स्वास्थ्यमा त नेपालजस्तो ठाउँमा लगभग साढे ४ प्रतिशत मात्रै खर्च भइरहेको छ । बेलायतले पैसा भएर स्वास्थ्यमा लगभग १८ प्रतिशत खर्च गरेको होइन । स्वास्थ्यलाई प्राथमिकतामा राखिएको हो ।

यही कारणले त्यहाँ बुढो भएर बेडमा सुत्नुपर्‍यो भने के गर्ने होला भनेर सोच्नुपर्दैन । यसरी स्वास्थ्यमा राज्यको दायित्व भएका लोकतान्त्रिक देशहरु धेरै छन् । हामीले पनि कल्याणकारी लोकतन्त्र भनेका छौं । शिक्षा र स्वास्थ्य कल्याणकारी लोकतन्त्रका दुईवटा खम्बा हुन् । यो चाहिँ हाम्रो एजेण्डा हो भनेर हामी दाबी र्न सक्छौं ।

विवेकशील साझा पार्टी ‘कांग्रेसको छायाँ’ हो पनि भन्छन् नि ?

यो विवेकशील पार्टी नै हुन्छ, कांग्रेसको छायाँ हुँदैन । यो अन्य कुनै पनि दलको छायाँ परेको पार्टी हुँदैन । हामी राजनीतिक सोचमा पनि स्पष्ट छौं । र, आचरणको मामिलामा पनि हामी स्पष्ट छौं ।

शिक्षा र स्वास्थ्यलाई संविधानले नै आधारभूत अधिकारभित्र राखिसकेको छ, कसरी तपाईहरुले आफ्नो एजेण्डा भन्नुहुन्छ ? अनि तपाईहरुले भनेको ‘कल्याणकारी राज्य’लाई कसरी परिभाषित गर्ने ?

संविधानमा उल्लेख गरिएको अधिकारलाई कसरी व्याख्या गर्ने भन्नेमा धेरै फरक पर्छ । अहिलेको कम्युनिस्ट सरकार वा कांग्रेसको सरकारले यो गर्नै सक्दैनन् । किनभने, उनीहरु क्रोनिक क्यापिटालिज्म अर्थात याराना पुँजीवादको सिक्रीमा बाँधिइसके कि त्यहाँबाट निस्कन गाह्रो छ ।

कल्याणकारी राज्यको परिभाषा कसरी गर्ने भन्ने अर्को प्रश्न छ । समाजवाद किन भन्ने ? समाजवादी लोकतन्त्र र कल्याणकारी लोकतन्त्रवीच के फरक छ भनेर हामीलाई बारम्बार नसोधिएको होइन । यसमा हामीले बुझ्नुपर्ने के हो भने समाजवाद एउटा यस्तो खुकुलो शब्द बन्यो नि

जहाँभित्र नेपाली कांग्रेस पनि अटाउँछ, जहाँभित्र कम्युनिस्ट पार्टी पनि अटाउँछ । जहाँभित्र शिक्षा र स्वास्थ्यमा लगानी गर्ने कम्युनिष्टहरु पनि अटाउँछन् । जहाँभित्र याराना पुँजीवादमा फसेका नेताहरु पनि अटाउँछन् । जहाँभित्र चिनियाँ अर्थतन्त्र पनि अटाउँछ, सिंगापुरको अर्थतन्त्र पनि अटाउँछ ।

जहाँभित्र युरोप वा स्केन्डेभियन कन्ट्रीहरु पनि अटाउँछन्, बेलायत पनि अटाउँछ । त्यसैले समाजवादको घेरा यति खुकुलो भइसक्यो कि त्यहाँभित्र डेमोक्रेसी भएका पनि अटाउने भए, नभएका पनि अटाउने भए । आडम्बरी समाजवादी पनि अटाउने भए, वास्तविक समाजवादी पनि अटाउने भए ।

अब डेमोक्रेसीतर्फ हेर्‍यौं भने कुनै पनि डेमोक्रेसीमा कल्याणकारी अर्थतन्त्र त्यति सुनिँदैन । अब हामीले चाहेको चाहिँ के हो भने नेपालको सन्दर्भमा डेमोक्रेसी आधारभूत आवश्यकता हो । तर, त्यो डेमोक्रेसीलाई हामीले यदि कल्याणको लेप लगाइदिएनौं भनेदेखि अहिले जस्तो स्थिति छ, त्यही रुपमा नेपाल अगाडि बढ्छ । भनेको- हुनेले सबै पाउने, नहुनेले केही नपाउने । यस किसिमको लोकतन्त्र हामीले चाहेको होइन ।

बाबुराम भट्टराईको नयाँ शक्तिसँग विवेकशील साझा पार्टीको एकता हुन्छ कि हुँदैन ?

बाबुरामजीको विषयमा हामीले धेरै ठाउँमा भनिसकेका छौं । समान सोच राख्ने र हामीसँग विचार मिल्ने कुनै पनि व्यक्ति र कुनै पनि समूहसँग एकीकरण गर्न हामीलाई समस्या छैन ।

तर, बाबुरामजीकै बारेमा चाहिँ प्रष्टसँग हामीले भनेको कुरा के हो भने लामो इतिहासले गर्दा उहाँका बलिया पक्षहरु होलान्, तर, उहाँ जस्तो किसिमको राजनीतिक पृष्ठभूमिबाट आउनुभयो र अहिले पनि जस्तो किसिमको राजनीति उहाँले गरिराख्नुभएको छ, त्यो चाहिँ हामीले सोचेको राजनीतिभित्र पर्दैन ।

देशमा तपाईहरुले बनाउन खोजेको नयाँ ‘न्यारेटिभ्स’ चाहिँ के हो ?

विवेकशील नेपाली दलले एउटा पहिचान बनाइसकेको थियो, हामी त अलि पछाडि आयौं । जस्तो- युवाहरु आएर यो देशमा विभिन्न अभियानहरुको नेतृत्व गर्न सक्छन् र साँच्चै यो देशमा राजनीतिमा युवाहरुलाई प्रेरित गर्न सकिन्छ भन्ने न्यारेटिभ (भाष्य) स्थापित गरिएको थियो । त्यससँगै हामी आएर मिसियौं । त्यसैको नतिजा हाम्रो चुनावको परिणाम हो ।

र, आउँदा वर्षहरुमा हामीले यसलाई दहि्रलो गरी स्थापित गर्नुपर्छ । यसले इमोसनसँग जोडिएर भोट हाल्ने जुन प्रवृत्ति छ, त्यसलाई हामीले रुपान्तरण गर्नैपर्छ । त्यसकारणले अहिले हामीले भनेको के हो भने, राजनीति र राजकाज सबै बदलिनुपर्छ । लोकतन्त्रमा जनताको मन र मत बदलिएन भने सिंगो राष्ट्रको रुपान्तरण सम्भव हुँदैन ।

यो साँच्चिकै राजनीतिक मायाजालमा फसेको समाज हो । यहाँ आफूले दुःख पाएर नेतालाई सुख दिने चलन छ । जबकि नेताले दुःख पाएर जनताले सुख पाउनुपर्ने हो । सुसंस्कृत राजनीति भएको देशमा त्यही हुन्छ । तर, हामीले भोट हालेर निश्चित नेताहरुलाई सुख दियौं, आफू र परिवारलाई चाहिँ दुःखी बनायौं । यो राजनीतिक रुपमा रंगिएको समाजको परिणाम हो, यसलाई तोड्नका लागि हामी विश्वाससिलो छौं भनेर हामीले आफूलाई प्रमाणित गर्नुपर्छ ।

एनजीओ आइएनजीओबारे विवेकशील साझा पार्टीको धारणा के हो ? यो पार्टी एनजीओले चलाएको भन्छन् नि ?

जति पनि गैर सरकारी गतिविधिहरु छन् र जुन किसिमका सहयोगहरु आउँछन्, ती सबै बन्द गर्नुपर्छ भन्ने कुराचाहिँ होइन, तर यसलाई एकदमै बलियोसँग नियमन गर्नुपर्ने स्थिति चाहिँ छ । यो स्पष्टरुपमा देखिएको छ । यो कुरालाई हामीले अगाडि बढाउनु नै पर्छ ।

अहिले अदालतमा भइरहेको प्रधानन्यायाधीशको नियुक्ति सम्बन्धी विवादमा विवेकशील साझा पार्टीको धारणा के हो ?

न्यायालयको विषय हामी सबैका लागि चिन्ताको कुरा भइसक्यो । ०७० सालमा पुनरावेदन अदालतमा नियुक्त भएका न्यायाधीशहरु पार्टीका नेताहरुप्रति आभार प्रकट गर्न बल्खु पुगेका थिए । त्यसपछि खिलराज रेग्मी जसरी नियुक्त हुनुभयो, जुन ढंगबाट उहाँलाई नियुक्त गरियो, कुनै पनि निश्पक्ष न्यायपालिकाका लागि त्यो उपयुक्त कुरै थिएन ।

न्यायालयमा राजनीतिक हस्तक्षेप पहिले पनि थियो, नभएको होइन । त्यसपछिका क्रियाकलाप तपाईहरुले हेर्नुभयो भने प्रकाश वस्तीजस्ता न्ययाधीशलाई हटाइयो । ती न्यायाधीशहरुको समूहलाई नहटाइदिएको भएदेखि गोपाल पराजुलीहरु आजको स्थितिमा आइपुग्ने थिएनन् ।

त्यसकारण न्याय पालिकाका जुन किसिमले राजनीतिक हस्तक्षेप भइराखेको छ, यसलाई हामीले रोक्नका लागि पहिला गोपाल पराजुलीका पालामा पनि हामीले प्रयास गरेका हौं । पछि पनि हामीले निरन्तर बोलिराख्नुपर्छ । संसदमा हाम्रो शक्ति छैन । प्रदेश सांसदमा तीनजना साथीहरु हुनुहुन्छ । तीन नम्बर प्रदेशमा हामीले आवाज उठाइराखेका छौं । संघीय संसदमा हामी पुग्न सकेका छैनौं ।

आजै संसदीय सुनुवाई समितिले दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ ? यसमा विवेकशील साझा पार्टीको धारणा के छ ?

यो संसदीय सुनुवाई समितिको अधिकारभित्रको कुरा हो । तर, यो सही मनसायले भएको छैन ।

कांग्रेसले त देशमा अधिनायकवादै आयो भन्न थालिसकेको छ । विवेकशील साझालाई चाहिँ कस्तो लाग्छ ? ओलीको सरकार अधिनायकवादतिर लम्किरहेको हो कि नलम्किरहेको हो कि ?

अहिलेको सरकारले माइतीघर मण्डलादेखि नै केही न केही अधिनायकवादी रुझानहरु देखाउन थालेकै हो । सातवटा क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइन्छ भनेपछि त काठमाडौं बन्द भनेको हो नि त । यदि अदालतले नरोकिदिएको भएदेखि त तपाईका घर अगाडिको ढल भत्कियो, त्यहाँको टोलछिमेकको स्थिति बर्बाद भयो भने तपाई टोलका सबै मान्छेहरु मिलेर विरोध प्रदर्शन गर्न पाइँदैन भनेको हो नि ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्रीको दायराभित्र लगेर राखिएको छ । जबकी यस्तो शक्तिशाली विभाग, यसले सिटिङ प्रधानमन्त्री र प्रधानन्यायाधीशलाई समेत सम्पत्तिको के छ स्थिति भनेर छानबिन गर्न सक्छ, जुन काम अख्तियारले गर्न सक्दैन । यस्तो महत्वपूर्ण विभागलाई लगेर प्रधानमन्त्रीले आफ्नो कार्यालयभित्र राख्नुभएको छ ।

ग्रामीण विकासको आवश्यकता

दिपक शर्मा,फागुन १०, 
प्राय नेपालका सबै नेताले कोट गर्ने वाक्य के हो भने– नेपाल गाउँ नै गाउँको देश हो । त्यसैले ग्रामीण विकासप्रति हामी प्रतिबद्ध छौं । नेपालमा प्रजातन्त्र र त्यसपछिको जुनै व्यवस्थापकीय परिवेशमा पनि गाउँ र विकासका प्रसंगहरू अनवरत् आइरहेका छन् तर व्यवहारमा गाउँमा अझै पनि गुणात्मक विकास पुगेको पाइँदैन । नेपाली कांग्रेस ग्रामीण विकासप्रतिको आफ्नो लगावलार्ई बीपी, किसान र गाईको प्रसंग जोडेर प्रस्तुत गर्न रुचाउँछ भने अर्काे दल एमाले मनमोहन अधिकारी सरकारको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने नारालार्ई अँगाल्दै आफ्नो ग्रामीण लगावको परिचय प्रस्तुत गर्दछ । अझ अर्को दल माओवादी त ग्रामीण जनक्रान्ति र ग्रामीण क्रन्तिकारीताको बयान नै गर्दछ । तर प्रष्ट गरौं यी त सबै भन्ने कुरा मात्रै भएका छन् ।
विश्व बैंकका अनुसार ग्रामीण विकास भन्नाले गाउँघरमा बसोबास गरिरहेका ग्रामीण जनताको आर्थिक एवम् सामाजिक अवस्था अभिवृद्धि गर्न अनुशरण गरिएको रणनीति हो । यस समूहमा साना किसान, मोही र भूमिहीन वर्ग पर्दछन् । विकासोन्मुख देशमा जनसंख्याको ठूलो भाग गाउँघरमै बसोबास गर्दै आएका छन् । दक्षिण एसियाली देशहरmको वर्तमान अवस्था हेर्दा पनि यो कुरा पुष्टि हुन्छ जस्तै भारतमा ६९ प्रतिशत, पाकिस्तानमा ६५ प्रतिशत, श्रीलंकामा ७५ प्रतिशत, नेपालमा ८३ प्रतिशत, बंगलादेशमा ७४ प्रतिशत भुटानमा ६४ प्रतिशत र माल्दिभ्समा ६५ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन् । नेपालमा पछिल्लो समय नगरपालिका घोषणाको शृंखलाले केही प्रतिशत मानिस सहरी बस्तीमा पुगे भन्नु उपयुक्त देखिँदैन किनकि पूर्व पूर्वाधार विकासविना र कुनै तयारी नपु¥याई घोषणा गरिएको आधारमा गाउँ, सहर बन्दैन । 
नेपालको जनसंख्याको अवस्थाले पनि यो कुरा प्रष्ट गर्दछ । नेपालको पछिल्लो जनगणनाअनुसार २,१९,७०,६८४ मानिस ग्रामीण भेगमा बस्दछन् । नेपालको ग्रामीण अवस्थाको चित्रण गर्दा खासगरी ग्रामीण बासिन्दा सामान्य आवश्यकताबाट पनि वञ्चित अवस्थामा रहेको देखिन्छ । पिउने पानी, बाटो, बिजुली, हुलाक आदि सुविधाबाट नेपालका धेरै मानिस अहिले पनि टाढा रहेका छन् । कतिसम्म भने एउटा महिला सुरक्षित प्रजननको अवस्थाबाट टाढा रहेका छन् । लोकतन्त्र २०६३ को प्रारम्भकालतिरै जाजरकोटमा जीवनजलको अभावमा थुप्रै मानिसले ज्यान गुमाएको यथार्थलार्ई पनि स्वीकार्न जरmरी भइसकेको छ ।
नेपालको ग्रामीण अवस्थाको चित्रण गर्दा कुपोषण, बालमत्युदर, अन्धविश्वास, रुढिवाद र अभाव तथा गरिबी जीवनको यथार्थ बनेका छन् । अधिकांश कृषक जो जीवनभर किसानी काम गर्दछ रातदिन मिहिनेत गर्दछ तर उसको नियति कस्तो हुन्छ भने ऊ ऋणमै जन्मन्छ, ऋणसँगै हुर्कन्छ र ऋण बाँकी राखेर मर्दछ ।
नेपालमा ग्रामीण विकासको बारेमा खोज गर्दा यसमा खासगरी प्रजातन्त्र स्थापनापछिको समय अर्थात २००७ पछिको  अवस्था, २०४६ पछिको अवस्था र २०६२÷६३ पछिको अवस्थामा राखेर हेर्नुपर्दछ । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिका जननिर्वाचित प्रधानमन्त्री र मन्त्रीहरू देशलार्ई क्रमिक विकासतर्पm अग्रसर गराउनुपर्दछ भनेर लागे यसै सिलसिलामा वि.सं. २००९ मा त्रिभुवन ग्राम  विकास कार्यक्रम सञ्चालन गरियो । ग्रामीण विकास कार्यक्रमलार्ई अगाडि बढाउन विभिन्न व्यक्तिलार्ई तालिम तथा प्रशिक्षण प्रदान गरी सन् २०१० मा चारवटा ग्रामीण विकास केन्द्रहरू स्थापना गरिए र तिनै संस्थामा कार्यक्रम अधिकृत नियुक्त गरी ग्रामीण विकाससम्बन्धी कृषि, स्वास्थ्य शिक्षा र कृषि उद्योगका गतिविधि सञ्चालन भए । विसं २०११ मा अमेरिकी सरकारको प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत ग्रामीण विकास कार्यक्रम प्रारम्भ गरियो । यो कार्यक्रमका प्रमुख लक्ष्यअन्तर्गत विकासका गतिविधिमा जनचासो बढाउनु र सहभागिता जुटाउनु रहेको थियो ।
वि.सं २०१६ मा नेपालमा पञ्चायती व्यवस्थाको स्थापना भयो जसको मूल उद्देश्य नै विकास तय गरिएको थियो । पञ्चायती व्यवस्थामा गाउँ फर्क राष्ट्रिय अभियान, भुमिसुधार, कार्यक्रम, राष्ट्रिय विकास सेवाजस्ता कार्यक्रमहरू तय गरिएका थिए । वि.सं २०१७ देखि २०४६ को दौरानसम्म, ग्रामीण विकासका नाममा थुप्रै कार्यक्रमहरु विकास भएका पाइन्छन्, जसमा दुर्गम क्षेत्र विकास कार्यक्रम, पहाडी यातायात विकास परियोजना, एकीकृत ग्रामीण विकास कार्यक्रम, विकेन्द्रीकरण योजनाजस्ता कार्यक्रम समग्रमा ग्रामीण विकासमा समर्पित थिए ।
ग्रामीण विकासको दोस्रो चरणअन्तर्गत २०४६ सालपछिको प्रजातन्त्र पुनस्र्थापनाको समयलार्ई लिन सकिन्छ यो दौरानमा पञ्चायतकालमा सुरु गरिएका कार्यक्रमहरूलार्ई नै निरन्तरता दिइएको पाइन्छ । विकेन्द्रीकरणको अवधारणाका स्वरूप विभिन्न कार्यक्रमहरू स्थानीय रूपमा नै सुरु गरियो तर २०५२ सालमा सुरु भएको आन्तरिक द्वन्द्वले गर्दा ग्रामीण भेग नराम्रोसँग प्रभावित भए । माओवादीले आफ्ना आधार इलाका तोकेका रुुकुम, रोल्पा, प्युठान, बागलुङजस्ता जिल्ला त पूर्ण प्रभावित भए नै नेपालका अन्य जिल्ला र तिनका ग्रामीण क्षेत्र यो द्वन्द्वको रापमा नराम्ररी फसेका थिए । तत्कालीन विद्रोहीले सरकारलार्ई चुनौती दिने नाममा विकासका पूर्वाधारमाथि व्यापक तोडफोड गरे, जसका कारण धेरै पूर्वाधारहरू ध्वस्त बनाइयो । युद्धको आधारभूमि ग्रामीण भेगमा भएकाले र सरकारी शून्य उपस्थितिले ग्रामीण भेगमा निर्माण गरिएका धरै भौतिक पूर्वाधारहरू सखाप भए । माओवादी द्वन्द्व समाप्त भएको पनि दश वर्ष पुगिसकेको छ तर द्वन्द्वका समयमा भत्काइएका संरचनाहरू पुनर्निर्माणको काम २५ प्रतिशत पनि पूरा हुन सकेको छैन ।
२०६२–६३  पछि पनि  ग्रामीण विकासका लागि केही कदमहरू चालिएको भए पनि कुनै ठोस कार्यक्रम भने बनेको देखिँदैन । गाउँको विकास अहिले पछिल्लो समयमा अवरुद्ध जस्तै बन्न पुगेको मुख्य कारण भने निर्वाचित स्थानीय निकायको अभाव हो । प्रभावकारी स्थानीय निकाय नहँुदा विकासका लागि केन्द्रबाट रकम पठाइए पनि त्यसको खर्च हुन सकेको छैन । लोकतन्त्रमा स्थानीय निकायको निर्वाचनलार्ई श्वासप्रश्वास मानिन्छ तर नेपालमा राजनीतिक इगोको कारणले स्थानीय निकायको निर्वाचन एक पहेली बनेर रहेको छ । हरेक सरकार निर्माणका दौरान महत्वका साथ आउने स्थानीय निकायको सन्दर्भ सरकार निर्माणसँगै पतन भएर जान्छन् । प्रत्येक राष्ट्रले ग्रामीण विकासका लागि प्राथमिकताका साथ कार्य गर्नु जसरी छ । जबसम्म गाउँको विकास हँुदैन तबसम्म नेपालको सन्दर्भमा देशको नै विकास हुँदैन । तसर्थ नेपाल सरकारले ग्रामीण विकासका लागि न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ प्रतिबद्ध रहनै पर्छ । नेपालको विकास ग्रामीण विकासबाट मात्र सम्भव छ भन्ने सत्यतालार्ई प्रत्याभूति गर्नै पर्दछ ।
हरेक राष्ट्रले ग्रामीण विकासका लागि विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् जस्तै भारतमा साना किसान आयोजना, बंगलादेशमा ग्रामीण विकास कार्यक्रम, फिलिपिन्समा विकोल नदी नियन्त्रण कार्यक्रम, स्थानबुलमा अनडोङ कार्यक्रम, कोरिया, मलेसियामा नेसनल अपरेसन रुम कार्यक्रम, सुडानमा गाजिरा आदि जस्ता कार्यक्रम ग्रामीण विकासमा समर्पित छन् । नेपालको हकमा नेपाल खाद्य संकट सम्बोधन कार्यक्रम, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम्म, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, ग्रामीण पुनः निर्माण तथा पुनस्र्थापना योजना, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम, ग्रामीण पहँुच कार्यक्रम, सामुदायिक सिँचाइ आयोजना आदि प्रजातन्त्रको स्थापनापछिको समयमा एकपछि अर्को गरी ग्रामीण विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिए पनि राजनीतिक हस्तक्षेप र अस्थिरता, कमजोर र लाल फिताशाही प्रकृतिको प्रशासन, आर्थिक अभाव र भ्रष्टाचारका कारणले आशातीत प्रगति हुन सकेन ।
ग्रामीण विकास नेपाली कांग्रेसदेखि माओवादीसम्म नाराको रूपमा स्थापित भए पनि आजसम्म कुनै पनि सरकारले यसप्रति गम्भीर चासो देखाएका छैनन् । सबैभन्दा बढी विरोधाभाष त के देखिएको छ भने अहिले पनि सत्ताका वरपर ग्रामीण पृष्ठभूमि बोकेका नेता छन् तर तिनमा सुगमतातिर ओर्लने जुन हतारो रहन्छ, ग्रामीण विकासतिर उक्लने तत्परता देखिँदैन । जबसम्म यो विरोधाभाष कायम रहन्छ, ग्रामीण विकासको नारा कमजोर बनिरहन्छ । सबै दलले सिंगापुर र स्विट्जरल्याण्डको सपना छोडेर गाउँ बनाउनतिर अग्रसर भए त्यो बढी सान्दर्भिक र उपयोगी हुने थियो ।

पर्यटन प्रवर्धनमा होटल व्यवसायको भूमिका

हाम्रो देशले यतिवेला राजनीतिक आन्दोलनको एउटा अवस्था पार गरेकोछ र उक्त आन्दोलनले प्राप्त गरेका उपलब्धिहरु नेपालको सम्बिधान २०७२ ले संस्थागत समेत गरिेसकेकोछ । अव देशले परिवर्तित परिस्थिति र आवश्यकताका आधारमा संसोधन गर्दै समस्याहरुको निरुपण गर्दै जाने हो । अव हाम्रो देशले जनताको जीवनस्तरलाई समृद्ध बनाउनका लागि आर्थिक सामाजिक रुपान्तरणका कार्ययोजनालाई व्यवहारमा कार्यान्वयन गर्नु पर्दछ । यसका लागि हाम्रा राष्टका समृद्धिका आधार तथा प्राथमिकताहरु निर्धाण गर्दै राष्ट्रको अर्थतन्त्रलाई दीगो र आत्मनिर्भर बनाउने अभियानमा लाग्नु आवश्यक छ ।
नेपालको सन्दर्भमा आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र निर्माणका आधार धेरै भए पनि मूलतः जलश्रोत, कृषि र पर्यटन नै हो र यसैमा आधारित उद्योग तथा व्यापारको अभियानले मात्र नेपालको आर्थिक तथा सामाजिक रुपान्तरका लागि महत्वपूर्ण योगदान दिन सक्दछ ।
रुपन्देही जिल्ला समृद्धिका आधारहरु
राष्ट्रिय रुपमा यि आधार तथा प्राथमिकता भए पनि स्थानीय रुपमा आफ्ना ठाँउका विषेशताका आधारमा विकासका आधार तथा प्राथमिकता निर्धारण गर्नुपर्दछ । रुपन्देही जिल्लाको सन्दर्भमा जिल्लाको आर्थिक तथा सामाजिक रुपान्तरणका सन्दर्भमा पर्यटन,कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको औद्योगिकरण तथा व्यापारिकीकरण नै यस जिल्लाका आधार र प्राथमिकताका क्षेत्रहरु हुन । हाम्रा जिल्लाका विकासे कार्यालय तथा अन्य संघ सस्थाहरु यस आधार र प्रामिकताका आधारमा विकासका योजनाहरु बनाउदै कार्यान्वयनमा जाने हो भने रुपन्देही जिल्लाले छोटो समयमै जिल्लाको विकासको मुहार फेर्न सक्नेछ ।
पर्यटन के हो ?
पर्यटन भनेको आफ्नो घरायसी कामलाई छाडि निश्चित उद्देश्य सहित गरिने यात्रा हो । अर्थात आफ्नो स्थान छोडेर बाह्य स्थानमा मनोरञ्जन लिन वा अन्य सन्तुष्टि प्राप्तीको लागि गरिएको यात्रा (भ्रमण) नै पर्यटन हो । पर्यटन परापूर्वकालदेखि विभिन्न रुपमा सञ्चालन हुदै आइरहेकोछ । समय र परिस्थिति संगै यसका उदेश्य र रुपहरु परिवर्तित हुदै आई रहेकाछन् । हाल आएर पर्यटन कुनै पनि राष्ट्र वा स्थानको लागि विकासको महत्वपूर्ण पक्षको रुपमा विकास भएको छ ।
पर्यटनका मूलतः तीनवटा पक्ष हुन्छन । पहिलो तोकिएको स्थान जसका लागि भ्रमण तय गरिएको हुन्छ जसलाई हामी गन्तव्य भन्छौं । दोश्रो पर्यटक जसले यो गन्तव्यलाई लक्ष बनाउछ । तेश्रो त्यससंग जोडिएको आवास जसले पर्यटकलाई सुविधा र सुरक्षा प्रदान गर्दछ । यि तिन तत्वको संयोजन नै पर्यटनको पूर्ण रुप हो । यसको ऐतिहासिक पक्षलाइ हेर्दा पर्यटन जव मानिस संसारमा विभिन्न उद्देश्य राखेर विचरण गर्न सुरु ग¥यो त्यो समयदेखि यसको सुरुवात भएको मान्न सकिन्छ ।
पर्यटनको महत्व 
पर्यटन आज व्यवसायमा रुपान्तरण भएको छ । यसलाई राज्यको आम्दानीको मूल श्रोत बनाएर विकसित देशहरुले अरवौ अरव आम्दानी गरि रहेका छन । जसको उदाहरणको रुपमा पेरिस, लण्डन, हङकङ, बैंकक, न्यूयोर्क लगायतका स्थानहरु लिन सकिन्छ । जस्ले वर्षमा लाखौ लाख पर्यटकहरु भित्राउने शहरको रुपमा परिचित छन । यी पर्यटकीय शहरहरुले वर्षमा लाखौ पर्यटकको स्वागत गर्दछन र अरवौं आम्दानी भित्रयाउँदै देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याइरहेका छन् ।
पर्यटनले देशको आर्थिक क्षेत्रमा मात्र योगदान गर्दैन, यसले देशको पहिचान विश्वका सामु फैलाउने र देशको सम्वन्धलाई विस्तार गर्ने कार्यमा पनि महत्वपूर्ण योगदान दिएको हुन्छ भने यसले व्यक्तिका सन्तुष्टी र मनोरंजनमा पनि योगदान दिई रहेको छ । नेपालको पर्यटनको मूल आधार साँस्कृतिक तथा प्राकृतिक पर्यटन नै हो जसको खोज,संरक्षण र विकासले यसको समृद्धिमा ठूलो योगदान दिन सक्दछ ।
पर्यटन विकासका पूर्वाधारहरु 
पर्यटन उद्योग एउटा यस्तो बहु आयामिक उद्योग हो जसले आप्mनो साथमा विभिन्न उद्योग तथा व्यवशायलाई संगसंगै लिएर हिडेको हुन्छ जसको विकासका लागि साथ रहेका यी आवश्यक पूर्वाधारहरुलाई अनिवार्य रुपमा विकास गर्न आवश्यक हुन्छ र यीनीहरुको विकासले मात्र पर्यटनको विकासले पूर्णता पाउँदछ । तसर्थ पर्यटनको विकासका लागि निम्न लिखित पूर्वाधारहरुको विकास हुन आवश्यक छ ।
पर्यकटीय स्थल (गन्त्यव्य ), पथ पर्दशक, वाटो (जल,स्थल तथा हवाई ), सुविधा सम्पन्न यातायातका साधन, आवास व्यवस्था (अत्याधुनिक होटल तथा होमस्टेहरु), ट्राभल एजेन्सी तथा स्थानीय थप टुर प्याकेजहरु, अत्याधुनिक संचार व्यवस्था, बित्तीय संस्थाहरु, विविध साँस्कृतिक झाकी तथा कार्यक्रमहरु, सुरक्षा तथा स्वास्थ्य उपचार व्यवस्था, स्थानीय उपहार सामाग्रीहरुको उत्पादन, स्थानीय उपहार सामाग्रीहरुको विक्रि वितरणका लागि अत्याधुनिक बजारहरु । जवजसम्म कुनै पनि ठाउँमा पर्यटनका यी पूर्वाधारहरु पूर्ण रुपमा विकास हुन सक्दैनन तवसम्म त्यस ठाउँका पर्यटनले पूर्णता पाउँदैन र त्यसवाट जनताले उपलव्धिहरु प्राप्त गर्न सक्दैनन् र जनताहरु त्यस पर्यटन क्षेत्रका पक्षमा उत्साहीत भएर लाग्न संरक्षण गर्न पनि सक्दैनन् ।
रुपन्देहीका पर्यटकीय स्थलहरु 
बुटवल, रुपन्देही जिल्ला तथा समग्र लुम्बिनी अञ्चल नै पर्यटनका दृष्टिकोणले प्रशस्त पर्यटनका पूर्वाधार भएको क्षेत्र हो । त्यसैले हामीले यस क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि यस क्षेत्रका सम्पूर्ण संघ संस्था तथा सचेत जनसमुदायहरुलाई अभियानको रुपमा अगाडि बढाउनुपर्दछ । रुपन्देहीको लुम्बिनी, देवदह, बुटवल, शंकरनगर, सैनामैना, गजेडी, सालझण्डी लगायतका विभिन्न पर्यटकीय स्थलहरु यस क्षेत्रका पर्यटनका आधारहरु हुन ।

रुपन्देही पर्यटन विकासका संभावित परियोजनाहरु 

पर्यटन विकासका लागि पर्यटकीय गन्तव्यहरु पहिलो तथा ज्यादै महत्वपूर्ण पक्ष हो भने आवास तथा होटल व्यवस्थापन पर्यटन क्षेत्रको मुटु हो भन्दा अतिसयुक्ति नहोला । त्यसैले होटल व्यवस्थापनको क्षेत्रमा हामीले यथेस्ट मात्रामा काम गर्न सक्यौ भने मात्र यसको प्रवद्र्धनको क्षेत्रमा योगदान पुग्न सक्नेछ ।
हाम्रो यस क्षेत्रमा पर्याप्त पर्यटकीय स्थलहरु छन र आवश्यकताले अझै पनि आकर्षक स्थानलाइ पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ तर यति मात्रले पर्यटन प्रवद्र्धनमा आवश्यक योगदान पुग्दैन । यसका लागि हामीले उक्त स्थानहरुमा पर्याप्त पर्यटन पूर्वाधारको विकास गर्नुपर्दछ । यस कार्यमा उक्त क्षेत्रको समुदायलाई सहभागी र परिचालन गर्न सकियो भने मात्र त्यस पर्यटकीय क्षेत्रले उपलब्धी प्राप्ती हुने कुरामा सहजता पनि हुन्छ ।
पर्यटकीय विकासका लागि आवश्यक पूर्वाधारहरु मध्ये वाटो र आवास अति नै महत्वपूर्ण पूर्वाधारहरु हुन त्यसैले हामीले तय गरेका पर्यटकीय गन्तव्यहरुको पहिचान पछि त्यस स्थानसम्म पुग्ने आवश्यक वाटो र यातायातको साधानहरुको व्यवस्था पछि होटललाई व्यवस्थित गर्नु आवश्यक हुन्छ । पर्यटन क्षेत्रको मुटु भनेको होटल हो भने त्यसको व्यवस्थापन मात्रले पर्यटन विकासमा जीवन प्रदान गर्दछ । अहिले हाम्रो यस क्षेत्रमा आवास व्यावस्थापन आवश्यक मात्रामा हुन नसकेका कारण कतिपय ठूला राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यक्रम रद्द हुने र सो कार्यका लागि आयोजक बन्न नसक्ने अवस्था रहेकोछ । यस आवश्यकतालाई पुरा गर्ने गरी योजनाबद्ध रुपमा आवास व्यवस्थापनको कार्य लाग्न पर्ने अवस्था रहेको छ ।
यतिवेला रुपन्देही जिल्ला विकासको तिव्र गतीमा अगाडि बढिरहेकोछ । हालै निर्मााणधिन अवस्थामा रहेको क्षेत्रीय स्थलको गौतमबुद्ध विमानस्थल, वुटवल भैरहवा १० ल्यानको वाटो, अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र र प्रस्तावित रुपमा रहेका लुम्बिनी विश्व शान्ती शहर गुरुयोजना, वृहत्तर लुम्विनी विकास गुरुयोजना, वेलवास वेथरीमा तिनाउ नदीको दुवैतर्फ निर्मााणधिन रहेको दुवै तर्फको सडक आयोजना, तिनाउ दानव कोरीडोर अयोजना, तिनाउ कालीगण्डकी डाइभर्सन बहुउद्देशीय परियोजना पूर्व पश्चिम रेलमार्ग आयोजना र विकासवान अवस्थामा रहेका विभिन्न पर्यटकीय स्थानहरुले बोकेर आउने पर्यटकहरुलाई हामीले यस क्षेत्रमा आवास खानपान तथा मनोरञ्जन दिन सक्ने गरी आवास व्यवस्थापनको तयारी गर्नुपर्ने देखिन्छ । हामीले समय मै यस वारेमा आवश्यक पूर्वतयारी गर्न सकेनौ भने हाम्रो पर्यटन क्षेत्रले आवश्यक मात्रामा विकास गर्न सक्दैन । यदि हामीले यस क्षेत्रमा आवश्यक तयारी गरेनौ भने उनिहरु यस क्षेत्रमा पर्यटकको रुपमा आउने छन र हाल लुम्विनीमा जस्तै दर्शन गर्न आउने र भारत वा अन्य स्थानमा तुरुन्त जाने अवस्था हुनेछ ।
पर्यटन व्यवसायमा आवास व्यवस्थापन आफैमा एउटा पूर्ण पर्यटन पनि हो । अहिले हामीले विश्वका कतिपय स्थानमा रहेका होटल व्यवसाय हे¥यौं भने सर्वप्रथम पर्यटकहरु होटलमा पुग्ने मात्र होइन धेरै पहिला होटल बुक गरेको हुन्छ । होटलमा पर्यटक पुगिसके पछि होटलको सूचना र व्यवस्थापनको आधारमा अन्य पर्यटन प्याकेज र अन्य सुविधाहरु (गाडी, बैंक, सुपरमार्केट, ) प्राप्त गर्दछन र सोहि आधारमा थप कार्यक्रम निर्माण गर्ने र यात्रा सफल बनाउने गर्दछन । कतिपय स्थानमा त होटल आफैले यि व्यवसाय सञ्चालन गर्ने र भ्रमण प्याकेज बनाउदै पर्यटनको कामलाई प्रभावकारी बनाइरहेका हुन्छन । छोटो समयका लागि आउने सरकारी तथा व्यवसायीक पर्यटकहरुका लागि यस प्रकारको प्याकेज प्रभावकारी तथा उपलब्धीमूलक हुने गर्दछ ।
नेपालमा आउने पर्यटकहरुको विश्लेषण
नेपालमा आउने पर्यटकहरुको विश्लेषण गर्दा सवैभन्दा धेरै पर्यटकहरु करीव ५५ प्रतिशत धार्मिक पर्यटक (तिर्थालु)आउने गरेकाछन । त्यसै गरी घुमफिर गर्न आउनेहरु १२ प्रतिशत, पदयात्राका लागि आउने ८ प्रतिशत, मनोरञ्जनका लागि आउने ४ प्रतिशत, व्यापारका लागि ४ प्रतिशत, सभा समोरोहका लागि आउने ३ प्रतिशत, सरकारी कार्यमा आउने २ प्रतिशत, उद्देश्य खुलाउन चाहाने ९ प्रतिशत रहेका छन । हामीले यसै आधारमा हाम्रा आवास व्यवस्थापन गर्नुपर्दछ । यि विभिन्न उद्देश्यले आउने पर्यटकहरुका खर्चका सीमाहरु पनि अलग अलग हुने र सोहि आधारमा हामीले उनिहरुको यात्रा प्याकेज तथा आवास व्वस्थापन मिलाउनुपर्दछ । यदि यस वारेमा गहन विश्लेषण गरि होटल व्यवसाय सञ्चालन गरिएन भने यसले आवश्यक सफलता प्राप्त गर्न सकिदैन् ।
रुपन्देहीमा होटल व्यवसायका समस्या तथा चुनौती 
पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण र विकास गर्न नसक्नु ।
भूउपयोग नीतिको अभाव (आवास, उद्योग, व्यापर, कृषि, पर्यटन, इत्यादी)
पर्यटन प्रवर्धनका लागि आवश्यक शान्ती क्षेत्रको अभाव
राज्यले पर्यटन विकासका बारेमा ठोस नीति तथा कार्यक्रम नबनाउनु
राजनीतिक अस्थिरता हुनु छिटो छिटो सरकार परिवर्तन हुनु
सवै ठाउँमा वाटोको सुगमता नहुनु र भएका ठाउँमा बाटोको दुरावस्था हुनु
आवश्यकतानुसार यातायातका साधन सुविधा नहुनु
आवश्यक मात्रामा सुविधा सम्पन्न होटल तथा आवासको स्थापना नहुनु
पथप्रदर्शकको अभाव हुनु
हाम्रा आप्mनै टुर प्याकेजहरु नहुनु
आवश्यक स्वास्थ्य सेवाको अभाव
प्रर्याप्त मात्रामा संचार तथा बीत्तिय सस्थाको अभाव हुनु
स्थानीय उपहारका सामाग्रहरुको उत्पादन नहुनु
स्थानीय उपहार सामाग्रीहरुको विक्रिवितरणका लागि बजार तथा पसलहरुको अभाव हुनु
आवश्यकतानुसारको पर्यटन सूचना केन्द्र तथा प्रचार प्रसारको कमि (विभिन्न मिडिया)
पर्यटन सेवा केन्द्रहरुको अभाव
पर्यटकीय कार्यालयहरुमा पदाधिकारी तथा सदस्यहरुको अस्थिरता (छिटो छिटो परिवर्तन हुने )
विभिन्न आवश्यक पूर्वाधार तथा अन्य थप मनोरंजनात्मक कार्यक्रमको अभाव
आगामी दिनमा रुपन्देही होटल व्यवशायीले निर्वाह गर्नु पर्ने भूमिका 
सर्वप्रथम यस कार्यपत्रले आगामी दिनमा होटल व्यवसायलाई पर्यटनका क्षेत्रमा कसरी अगाडि वढाउन सकिन्छ भन्ने कुरामा केन्द्रित छ। यो कार्यपत्रका सन्दर्भमा आएका सुझावहरुले कार्यपत्रलाई समृद्ध बनाउने छन् । यो कार्यशालालाई उपलब्धीमूलक बनाउनका लागि निरन्तर रुपमा कियाशील हुन आवश्यक छ । तसर्थ हामीले रुपन्ेदही र खास गरी बुटवल तथा भैरहवा क्षेत्रमा रहेका रुपन्देहीका होटल व्यवशायीले आगामी दिनमा निम्न लिखित भूमिका निभाउनु पर्ने देखिन्छ ।
१) नीतिगत व्यवस्थापन 
यस क्षेत्रमा आउने पर्यटकहरुको विश्लेषण गरी यस क्षेत्रमा कस्तो कस्तो होटल व्यवशाय संचालन गर्ने भन्ने बारेमा बृहत्तर होटल व्यवशायको गुरुयोजना निर्माण गर्ने ।
होटल तथा आवास व्यवस्थापनका सन्दर्भमा (सस्था दर्ता, कर प्रणाली, व्यवशाय संचालन र अन्य सेवा सुविधा) नीतिगत रुपमा रहेका समस्या तथा सुविधाका बारेमा सरोकार समुह, व्यक्ति वा संघ सस्थासंग नियमित रुपमा अन्तरक्रिया तथा छलफल आयोजना गर्दै कार्ययोजना बनाउने ।
होटल व्यवशायलाई व्यवस्थित रुपमा संचालनका लागि थप आवश्यक संगठनात्मक संरचनाहरु निर्माण र संचालन गर्ने ।
ग्रामीण तथा कृषि क्षेत्रका पर्यटकीय क्षेत्रको अध्ययन गरि होम स्टे तथा साना रेस्टुराँ निर्माणका योजना बनाउने
सहकारी वा सामुहिक प्रणालीवाट ठूला तथा स्तरीय होटलहरु संचालनार्थ नीति बनाउने जस्ले समाजवादी विचारको पक्षपोषण र बहुराष्ट्रिय कम्पनीको विस्थापनमा सहयोग पुरयाउछ ।
२) संरचनागत व्यवस्थापन 
जिल्लाको ठाउँ विशेषका आधारमा होटल व्यवशाय संचालन र भौतिक संरचना निर्माण गर्ने ।
होटलहरुमा चाहिने दक्ष जनशक्ति तथा सेवा सुविधाहरु व्यवस्थापन गर्न आवश्यक संरचना निर्माणमा पहल ।
मनोरंजन लगायतका भौतिक सुविधाका लागि आवश्यक विविध भौतिक संरचनाहरु तयार गर्ने ।
३) मानवीय सेवा व्यवस्थापन 
विभिन्न पर्यटकीय स्थलहरुको सहि सुचना प्रवाहका लागि पथ पर्दशकहरु व्यवस्था गर्ने ।
होटलहरुमा विभिन्न किसिमका सेवा सुविधाका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधाहरु व्यवस्थापन गर्ने
पर्यटकलाई आवश्यक विविध मनोरंजनात्मक कार्यक्रमका लागि सुविधाहरुको व्यवस्था गर्ने ।
पर्यटकहरुलाई घरेलु वाताबरणमा सेवा सत्कार गर्ने र उनीहरुलाई पुनः पर्यटनका लागि नेपालमा आउने खालका वाताबरण श्रृजना गर्ने ।
४) विविध 
होटल तथा आवास व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय क्षेत्रहरुको भ्रमण तथा अनुभव आदन प्रदानका लागि भ्रमण तथा अध्ययन कार्यक्रमहरु संचालन गर्ने ।
यस क्षेत्रका होटल व्यवस्थापनको सम्बन्धमा योजना तय गर्दै उक्त क्षेत्रको निर्माण र सञ्चालनमा सरकारी संस्था, दातृ निकाय, र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
होटल तथा पर्यटन प्रवर्धनका क्षेत्रमा चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
निश्कर्ष 
अन्त्यमा होटल व्यवसाय पर्यटन क्षेत्रको महत्वपूर्ण क्षेत्र हो यसको विकासले पर्यटन क्षेत्रको महत्व र गरीमा वृद्धि हुन्छ । होटल व्यवसायको विकासको लागि यस क्षेत्रसंग सरोकार राख्ने संघ संस्थाहरुको विचमा निरन्तर छलफल, अन्तरक्रिया तथा वहस पैरवी हुनु पर्दछ । यसो गर्न सकेको खण्डमा पर्यटन प्रबद्र्धनको क्षेत्रमा ठूलो योगदान पुग्न सक्दछ । यस महत्वपूर्ण कार्यमा आयोजक संस्थाले कार्यपत्र तयार गर्ने महत्वपूर्ण जिम्मेवारी दिई यस क्षेत्रको काममा लागिरहने प्रेरणा प्रदान गरेको छ । यस कार्यले आगामी दिन यहाँहरुकै सहयात्रीको रुपमा निरन्तर काममा लाग्ने प्रतिवद्धता समेत जाहेर गर्न चाहान्छु ।
बलबहादुर आचार्य- लेखक प्रमुख, पार्टी स्कूल विभाग, नेकपा एमाले रुपन्देही कोष तथा कार्यकारीणी सदस्य, लुम्बिनी विकास कोष ।
लेखकले रुपन्देही व्यापार स‌ंघ द्धारा आयोजित अन्तरराष्ट्रिय व्यापार मेला २०७२ पौष ८ देखि २१ को मेलामा प्रस्तुत गरेको कार्यपत्र ।

गाउँ–सहर विकासको द्वैधता

गोपीनाथ मैनाली ,

मानव सभ्यता विकासका क्रममा बस्तीहरुको केन्द्रीकरणको प्रक्रिया सुरु भयो । सुरुमा आपसी सुरक्षाका खातिर मानिसहरु एउटा झुण्डमा बस्न थाले । बस्ती विकासको यस प्रक्रियाले खास ठाउँमा साधन, शक्ति तथा स्रोत केन्द्रीकृत हुने प्रवृत्ति देखाप-यो । बसोबासहरु प्रायतः बाटो, चौराहा, नदी किनार, बन्दरगाह एवम् समतल भूभागमा फैलियोे । यी बस्तीहरु औद्योगिक तथा व्यापारिक केन्द्र, रोजगार स्थल, प्रशासनिक मुकाम, सेवा र शिक्षा  केन्द्रको रुपमा रुपान्तरित हुन गई साधन, सुविधा र शक्ति अभ्यासका केन्द्र बन्न पुगे । यस प्रकारको बस्तीलाई नगर भन्न थालियो भने यहाँका मानिसहरु नागरिक (वा शक्ति अभ्यास गर्ने मानिस) कहलिए । कालान्तरमा सहरले गाउँका संभावना र आवश्यकतालाई ओझेलमा पारी सहर–गाउँबीचको असमानता वा ‘सेन्टर–पेरिफेरी ग्याप’ बढ्न गयो । विकासमा हुने प्रतिस्पर्धामा गाउँलाई सधैं सहरले उछिन्न थाल्यो । राष्ट्रिय विकासमा गाउँकोे स्वर सुनिनुपर्ने जति सुनिएन । स्वर भएकाहरु सहर आएपछि गाउँ नफर्कने मनोविज्ञानले ग्रसित भए, उनीहरु गाउँकै नाममा काम गरेको भन्न पछि परेनन् तर गाउँ भने पछि परिनै रह्यो ।  झन्पछि झन् यो प्रवृत्ति संस्थागत हुँदै गयो । जसलाई विकासविद् रवर्ट च्याम्वरले ‘विकासका पूर्वाग्रह’ भनी सैद्धान्तिक ढाँचा नै प्रतिपादन गरेका थिए ।  

विकासको उद्देश्य वर्ग, क्षेत्र र भूगोलबीच समन्याय हो । गाउँ र सहरबीचको अन्तर बढ्दै जानु सामाजिक न्याय र लोककल्याणकारी राज्यव्यवस्थामाथि पनि चुनौती हो । विश्व उन्नाइसौं शताब्दीमा आइपुग्दा नपुग्दा नै ग्रामीण बस्तीहरु रोग, भोक, कुपोषण, गरिबी, अशिक्षा, असमानता र न्यून आयु जस्ता चरित्र बोक्न बाध्य भइसकेका थिए । गाउँको गरिबी र असमानताले सहरको विकासलाई चुनौती दिने निष्कर्षपछि विकासको अवधारणा, ढाँचा, शक्ति तथा साधन अभ्यास, नीति तथा कार्यक्रम सबै क्षेत्रमा पुनर्सोच आवश्यक मानियो । रवर्ट च्याम्वरले ‘पछि परेकालाई पहिला हेर’ भनेर गाउँ विकासको विश्वव्यापी ध्यानाकृष्ट गराए भने रवर्ट म्याकनमारा, सलमान, डेभिड कोर्टेनजस्ता मानव विकासविद्हरुले यसलाई थप ऊर्जा दिए । त्यसपछि गाउँको विकासका लागि व्लक बनाउने, संयन्त्र खडा गर्ने, आयोजना सञ्चालन गर्ने र सामाजिक परिचालन गर्ने कार्यहरु हुँदै आएका छन् । कतिपय देशले एकीकृत ढाँचाबाट ग्रामीण विकास गर्ने कार्य सुरु गरे भने कतिपयमा क्षेत्रगत नीति/रणनीतिमार्फत ग्रामीण विकास गर्न थालियो । आवधिक योजना सुरुवात गरियो जसको एउटा लक्ष्य गाउँ र सहरबीचको अन्तर घटाई सन्तुलन कायम गर्नु पनि थियो । 

प्रजातन्त्रीकरणको प्रक्रियाले जनतामा विकास तथा स्थानीय सरोकारका विषयमा माग दाबी गर्ने क्षमता ह्वात्तै बढायो, जसलाई सम्बोधन गर्न पनि ग्रामीण विकास विभिन्न ढाँचा र रणनीतिहरु अघि सारिए । सत्तरीको दशकपछि सामुदायिक विकास, ग्रामीण विकास, क्षेत्रीय योजना, स्थानीय विकास, आधारभूत आवश्यकता पूरा गर्ने कार्यक्रम, एकीकृत विकास जस्ता ग्रामीण विकासका कार्यक्रमहरु विश्वव्यापी रुपमा सञ्चालित भए । यी कार्यक्रमहरुले स्थानीय सीप तथा क्षमताको उपयोग गरी ग्रामीण जनताको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको थियो भने असीको दशकबाट गरिबी निवारण र नब्बेबाट सुशासनको मुद्दाले प्रमुख प्राथमिकता पाउन थालेको छ । यसर्थ अब ग्रामीण विकास भन्नु गरिबी निवारण हो किनकि गरिबी प्रमुखतः गाउँ केन्द्रित छ । साथै गरिबी निवारणको रणनीति भन्नु ग्रामीण जनताको शिक्षा, सीप र क्षमता विकास गरी अवसर तथा साधनसम्मको पहुँच बढाउनु हो । त्यसैले ग्रामीण विकासको रणनीतिक उद्देश्य नागरिक सशक्तीकरण हो भने योजनाबद्ध विकासको लक्ष्य समन्यायिक विकास हो । 
समकालीन समाजमा ग्रामीण विकासको ढाँचा र रणनीतिमा आमूल परिवर्तन देखिएको छ । क्षेत्रीय सन्तुलन र गरिबी निवारणको उद्देश्यबाट अब ग्रामीण विकास समावेशी शासकीय व्यवस्थामा रुपान्तरित हुन थालेको छ । जे होस् ग्रामीण विकास भन्नाले (क) गरिबी निवारण, (ख) क्षेत्रीय सन्तुलन, (ग) स्थानीय सम्भावना र क्षमताको उपयोग, (घ) आधारभूत सेवा प्रवाह (ङ) स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि, (च) स्थानीय स्रोत परिचालन, (छ) स्रोतसाधन र अवसरको न्यायपूर्ण वितरण, (ज) रोजगारी विस्तार र (झ) विकासका लागि स्थानीयबासीलाई नै संलग्न गराउने विधि वा सामाजिक परिचालन जस्ता विषयहरु पर्दछन् । यी विषय कुनै पनि विपन्न मुलुकका विकासका रणनीति नै हुन् । त्यसैले नेपाल जस्तो मुलुकका लागि गाउँ–सहर द्वैधताको अन्त नै विकास हो । कुनै योजनामा यसलाई क्षेत्रीय सन्तुलन भनियो होला, कुनैमा मूलप्रवाहीकण वा समावेशीकरण र अहिले समन्यायिक विकास भन्न थालिएको छ । र, भोलि कुनै नाम दिइएला तर सार एउटै हो विकास प्रक्रियामा कसरी पिछडिएको क्षेत्रलाई अघि बढाउने ? लोक कल्याणकारी राज्यप्रणालीले सबै भूगोल र वर्गमा समन्याय गर्ने दायित्वबाट राज्य विमुख हुनसक्तैन ।
नेपालमा ग्रामीण विकासका लागि व्यवस्थित स्वरुप कहिलेबाट भयो भन्ने औपचारिक निष्कर्ष ननिकालिए पनि समुदाय स्तरमा परापूर्व कालदेखि धर्मभकारी, पर्मप्रथा, धार्मिक तथा सहकारी संस्थाहरु र गुठीले स्थानीय चाख परिचालन र क्षमता उपयोग गर्दै आएका थिए । सन् १९८३ मा मान्यजन कचहरी अस्तित्वमा आयो तर यसको काम विकासभन्दा ग्रामीण न्याय हो । ग्रामीण विकासको प्रयास भने २००७ सालपछि त्रिभुवन ग्रामीण विकासले गाउँलाई विकासमा समेट्न विशेष कार्यक्रम चाहिन्छ भन्ने महसुस भएको पाइन्छ । २०१७ पछि विकासलाई राजनैतिक परिचालनको विषय बनाउने प्रयास भयो, तर यो आग्रहपूर्ण पनि भएकाले गाउँको समृद्धिमा वास्तविक रुपमा केन्द्रित हुनसकेन । त्यसपछिका सहकारी, बचत कार्यक्रम, जिल्ला प्रशासन योजना, क्षेत्रीय विकास, एकीकृत ग्रामीण विकास, जिल्ला विकास योजना, साना किसान विकास आयोजना, लघु ऋण कार्यक्रम, प्राथमिकता क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्र विकास कार्यक्रम सबैले गाउँको नाम लिए । तर काम भने सहरतर्फ नै मोडियो र गाउँबाट सहरसम्म मानिसका लर्को लाग्ने क्रम झनै तीव्रतर भयो । यसले गाउँ–सहर द्वैधता झनै बढायो ।  
२०४६ सालको जनआन्दोलनपछि धेरै समय सरकारमा बसेको नेपाली कांग्रेसले बीपी कोइरालाको समाजवादलाई केही हदमा पछ्याउन खोज्यो । समाजादी राज्यदर्शन अनुरुप ग्रामीण स्वावलम्बन कार्यक्रम, विकेन्द्रीकरण कार्ययोजना, क्षेत्रगत निक्षेपण, गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, आधारभूत सेवा विस्तार कार्यक्रम, सुरक्षा र विकासको एकीकृत कार्यक्रम र नेकपा एमालेले अघि सारेको आप्mनो गाउँ आफैं बनाऔं कार्यक्रमले गाउँलाई विकासको केन्द्रविन्दु बनाउने सोच अघि सारे । तर राजनैतिक रुपमा अघि सारिएका कार्यक्रमहरु विकासभन्दा राजनीति नजिक थिए । विकास साझेदारको सहकार्य र तेस्रो क्षेत्र परिचालन पनि यसै दिशातर्फ लक्षित भएका छन् । दोस्रो जनआन्दोलनपछि राजनीतिक अन्यौलले विकासलाई पनि प्रभाव पारेको छ । तर गाउँले सहरसम्म आवाज पु-याउने प्रणाली भने संस्थागत गरेको छ । तर सहर–मोफसल अन्तर झनै बढ्न गएको छ । विकासका विभिन्न सूचकाङ्कको विश्लेषणबाट गाउँ–सहरबीच असमानता फराकिएको स्पष्ट देखिन्छ ।  
बस्तीहरु सहर हुनु भनेको सेवा, सुविधा र अवसरको विस्तार हुनु हो । सहर आर्थिक सामाजिक विकासको प्रमुख क्षेत्र पनि हो, जसले विकासको इञ्जिन समातिरहेको हुन्छ । विकासको एउटा चरित्र वा परिणाम गाउँ सहर बन्नु पनि हो । त्यसैले मानिसहरु कि आफ्नो बसोबास क्षेत्रलाई सहर बनाउन चाहन्छन् वा आफैं सहर पस्न चाहन्छन् । सहरीकरणको प्रवृत्ति दिन प्रतिदिन बढेर गएको छ । केही दुईदशकअघि सम्म ६ प्रतिशत मात्र नेपालीहरु सहरमा बस्थे भने अहिले यो जनसंख्या ३८ प्रतिशतको हाराहारीमा पुगेको छ । तर बढ्दो आप्रवास र अव्यवस्थित सहरीकरणको प्रवृत्तिले नेपाल जस्तो तेस्रो मुलुकका सहरहरु सर्वसाधारणका दुःख (टे«जेडी अफ कमन्स) बनेका छन् । सहरमा ओइरिनेहरुको भीड पनि बढिरहेको छ र सीमित सहरी सेवा संरचनाको उपलब्धता अनि स्रोतसाधनको अव्यवस्थाले सहरहरु सुविधा र अवसरका केन्द्रभन्दा मानव बसोबासको जङ्गल बन्ने क्रममा छन् । एकजना विद्वान्ले यसखाले प्रवृत्तिलाई ‘बानेश्वर बन्ने प्रक्रिया’ भनेका छन् । कसरी यो प्रक्रियालाई घटाउने भन्ने नै सहरी व्यवस्थापनको चुनौती हो । 
सहर अवसर र सभ्यताका केन्द्र हुन्, गाउँ त्यसको पृष्ठ आधार हो । त्यसैले एकले अर्कोलाई उपेक्षा गर्नु दुवैको विकास र समृद्धिको बाधक हो । गाउँ संभावना र सहरी सेवा उत्पादनका आधार हुन्, सहर प्रविधि र उपभोगको केन्द्र हो । गाउँका उत्पादनका साधनको रोजगारी आधार सहर हुन्, सहरी आवश्यकताको आपूर्तिकर्ता गाउँ हो । यसर्थ गाउँ र सहर सामाजिक, आर्थिक, सेवामूलक, संस्थागत, जनसांख्यिक र जैविक अन्तरसम्बन्धमा जेलिएका हुन्छन् । यो परिपूरकता जति सार्थक भयो, सहरमा लाग्ने लर्को कम हुन्छ, गाउँ पनि उजाडपन रोकिन्छ । सहरका उपग्रहका रुपमा साना ग्रामीण बस्तीहरु बन्ने गर्दछन् । आधारभूत आधुनिक सेवा पुगेका गाउँहरु सहरका विकल्पमा रहन्छन् । नेपालमा सहर–गाउँ अन्तरसम्बन्ध विकास गरी गाउँ–सहरको द्वैधता हटाउन सीमित काम मात्र भएका छन् । सहरको क्षमता र गाउँको संभावनाबीच सन्तुलनका लागि ‘गाउँ–सहर कोरिडोर’ को अवधारणा ल्याउनुपर्छ । गाउँमा सघन बस्ती र आधारभूत सेवा संरचना विस्तार गरिनुपर्छ । सबैभन्दा ठूलो कुरा गाउँको नेतृत्व गर्नेले गाउँमै बस्ने र सबै राष्ट्रसेवकहरु प्रत्येक वृत्ति खुट्किलामा गाउँमा बस्नैपर्ने अनिवार्य व्यवस्था गरिनुपर्छ । यस प्रकारको गाउँ सहरको व्यवस्थित अन्तरसम्बन्ध विकास नभएसम्म सहरले गाउँ गिज्याउन र गाउँले सहरबाट ईख लिन छाड्दैन । 

ग्रामीण पर्यटनका विविध आयाम र दिगो पर्यटन

मनोहर कार्की
नेपालको आर्थिक विकासको आधारका रुपमा ग्रामिण पर्यटनको विकास र प्रबद्र्धनका आयामहरुलाई लिन सकिन्छ । देशको आर्थिक विकास, सामाजिक रुपान्तरण तथा जनताका  आधारभूत आवश्यकता परिपूर्तिको प्रमुख स्रोतका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका आधार र मान्यतालाई लिइएको छ । विकासका आयामहरुको बारेमा चर्चा गर्दा विगतको लामो समयको प्रयास तथा हाम्रा लगानीका प्रतिफल सामान्य जनताले कुन हदसम्म कसरी  प्राप्त गर्न  सकेका  छन् भन्ने कुराले अहम् महत्व राख्दछ । नेपाल जस्तो विकासोन्मुख देशकोे कुरा गर्दा हामीेले संधै ध्यान दिनुपर्ने कुरा भनेको विकास र परिवर्तनका आयामलाई आम जनताले कसरी आत्मसात  गरी आएका छन् र विकासका प्रयासमा जनताको ठोस तथा परिणाममुखी सहभागिताले निर्धारण गर्दछ ।
वास्तविक अर्थमा नेपालको विकासका बारेमा अध्ययन गर्दा नेपाललाई समृद्धि तथा दिगो विकासको दिशामा परिलक्षित गर्ने हो भने जलस्रोत, कृषि तथा पर्यटनक्षेत्रको विकासलाई प्राथमिकतामा राखेर विकासका गतिबिधिहरु अघि बढाउनु आवश्यक छ । जसका लागि पहिलो प्राथमिकतामा विकासका योजनाहरु कार्यान्वयन गर्दा यिनै क्षेत्रलाई मध्यनजर राखेर एकीकृत कार्यक्रम अघि बढाइनु पर्दछ । अझ महत्वका साथ भन्नुपर्दा पर्यटन क्षेत्रको विकासमा अवका दिनहरुमा हामीले गहकिलो कार्यक्रम अघि बढाउन सकिए आगामी केही बर्षभित्रमा नेपालको विकासलाई नयाँ आयाम दिन सकिन्छ । यसकासाथै पर्यटन क्षेत्रको बहुपहिचानलाई कायम गर्दै विकास र रुपान्तरणलाई पूर्नपरिभाषित गरिनु पर्दछ । यसका लागि हामीले हाम्रो तर्फबाट के कति काम गर्न सक्छौं र गरी आएका छौं भन्ने कुराले खास मानेमा अर्थ राख्दछ । अबको हाम्रो लक्ष्य भनेको कृषि तथा पर्यटन, जलस्रोत तथा पर्यटनलाई संगसंगै कसरी लान सकिन्छ भन्ने चिन्तनको आवश्यकता छ । जसका लागि पर्यटनक्षेत्रलाई दरिलो सेवा उद्योगका रुपमा विकास गर्न सकिएको खण्डमा हामीले यस उद्योगबाट विदेशी मुद्रा आर्जनको आयतनलाई थप अघि बढाउन सकिने यथेष्ट सम्भावनाहरु हम्रा विचमा छन् । पर्यटनक्षेत्रमा पनि पछिल्लो चरणमा ग्रामीण पर्यटन र पर्या–पर्यटनलाई महत्वका साथ अघि बढाउने नीतिगत कार्यक्रम केही समय अघि हामीले थालनी गरी सकेकाछौं । आगामी वर्षहरुमा थप नयाँ र मौलिक कार्यक्रमलाई जोड्न सकिएको खण्डमा विकासका आयामलाई नयाँपन अवश्य पनि दिन सकिन्छ । यसका साथै ग्रामीण पर्यटनको कुरा गर्दा मौलिक पहिचान र स्थानीय कलाकौसल, रितिरिवाज, चालचलन, रहनसहन तथा भेषभुषालाई पस्कन सकिएको खण्डमा हाम्रा अतिथि पर्यटकहरुले नविनतम स्वाद र भ्रमणको अविस्मरणीय क्षणहरुलाई संधै आत्मसात गर्ने छन् ।
ग्रामीण पर्यटन प्रबर्धनका दिशामा हामीले प्रचलनमा ल्याई आएका विविध कार्यक्रमहरु मध्येमा पछिल्लो समयमा होमस्टेलाई एक प्रभावकारी कार्यक्रमका रुपमा लिन सकिन्छ । होमस्टे जस्ता ग्रामीण पर्यटन प्रबर्धनका कार्यक्रमले अवस्य पनि नेपालको पर्यटनक्षेत्रमा ग्रामीण अर्थतन्त्रको विकास र स्थानीयस्तरमा रोजगारी र उद्यमशीलताको विकासका आयामहरुको थालनी गरेको छ । यस मानेमा आन्तरिक तथा वाहृय पर्यटक आकर्षित गर्ने दिशामा पछिल्लो समयमा यो कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढृदै आएकोछ । हाम्रा गाउँघरका मौलिक पहिचान, खानपान, स्थानीय रितिरीवाज, कला तथा संस्कृति अनि आदिवासी जनजातिका मौलिक विशेषतालाई प्रबर्धन गर्न तिनको संरक्षण गर्न यस्ता कार्यक्रमले निकै मद्धत गर्नेछ । यसका साथै ग्रामीण क्षेत्रको आर्थिक सामाजिक र सांस्कृतिक पहिचानको प्रबर्धनका लागि पनि मद्धत गर्ने नै छ । स्थानीय जनताको आर्थिक क्रियाकलापमा अभिबृद्धि गरी उनीहरुको आर्थिक आर्जनका क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने देखिन्छ । जसले गर्दा एकातिर लोकसंस्क्ति र लोकभाका र मौलिक सांस्कृतिक धरोहरहरुको संरक्षण प्रबर्धनमा योगदान पुर्याउन सक्ने देखिन्छ भने अर्को तर्फ स्थानीय वातावरण संरक्षण, आर्थिक विकासका लागि ग्रामीण अर्थतन्त्रको प्रबर्धनका लागि यथेष्ट योगदान पुर्याउने छ ।
नेपालमा ग्रामीण पर्यटन प्रबर्धनको संस्थागत विकासका लागि पर्यटन बोर्डले जसरी सहजीकरणको भूमिका खेलीआएको छ त्यसै गरी पर्र्यटन क्षेत्रका क्रियाशील विभिन्न संघ÷ संस्था जस्तै ट्राभल्स एजेन्सी, ट्रेकिंग एजेन्सी तथा तत्संग सम्बन्धित छाता संगठनहरुले आ–आफ्नो क्षेत्रमा गहन भूमिका खेल्न सकेको खण्डमा भोलीका दिनमा ग्रामीण पर्यटन प्रबर्धनमा ठोस मद्धत पुग्न जाने देखिन्छ । जसका लागि स्पष्ट खाका सहितको रणनीतिक कार्ययोजना तथा त्यसको प्रभावकारी कार्यान्वयनका दिशामा ठोस पहलकदमी हुनु नितान्त आवश्यक छ । विगतमा यस क्षेत्रका भए गरेका कार्यकलापहरुको अध्ययन तथा विश्लेषण गरी आगामी वर्षका लागि अझ प्रभावकारी योजना सहित कार्यक्षेत्रमा समन्वयात्मक ढंगबाट क्रियाशील हुनु पहिलो आवश्यकता पनि हो । जसको परिणाम स्वरुप पर्यटन क्षेत्रको विकासमा ठोस उपलब्धी हासिल गर्न सक्ने देखिन्छ नै ।
विभिन्न आदिवासी, जनजातीहरुको मौलिक संस्कृति, रितीरिवाज, भेषभुषा, खानपान तथा दैनन्दिनको व्यवहारलाई उन्नत तथा प्रबर्धन गर्ने खालका नौलो आयाम सहितको ग्रामीण पर्यटन गन्तव्यस्थलहरुको विकास र विस्तारका कार्यक्रमहरुलाई महत्वका साथ अघि बढाइनु पर्दछ । जसबाट नेपाल राष्ट्रका मौलिक पहिचान बोकेका गुरुङ, मगर, थकाली, नेवार, शेर्पा, तामाङ्ग, थारु लगायतका दर्जनौं आदिवासी जनजातीहरुको मौलिक संस्कृति, रितीरिवाज तथा चाडपर्व र मेला पर्महरुको प्रचार प्रशारका साथै संरक्षण र विकासका लागी ठोस प्रबर्धनात्मक सहयोग पुग्न सक्ने देखिन्छ । यसका साथै पर्यटकीय गन्तव्यस्थलहरुको आर्थिक विकास र विदेशी मुद्रा आजर्नको महत्वपूर्ण स्रोतका रुपमा हाम्रा ग्रामीण पर्यटकीय गन्तव्यस्थलहरुले नयाँ आयाम थप्न सक्ने कुरामा कसैको दुई मत नरहला ।
पर्या–पर्यटनको कुरा गर्दा तात्विक रुपमा हिमाल आरोहण, प्राकृतिकस्थल र छटाहरुको मोहकताको रस्वाश्यादन तथा  पदयात्रा पर्यटनको नेपाल विश्वकै अति उत्कृष्ठ गन्तब्यस्थल भएको तथ्य हामी सबै सामु छर्लङ्ग नै छ । तसर्थ यस्ता उत्कृष्ठ गन्तब्यस्थलहरुको प्रचुर पर्यटकीय भ्रमणको सम्भाव्यतालाई आत्मसात गरेर पर्यटकीय मौलिकता बोकेका गन्तव्यस्थलहरुको व्यापक प्रचार प्रशारको खाँचो हामी माझ खट्कीएको छ । जसको गुणात्मक र परिणाममुखी परिवर्तनका लागी पर्यटन क्षेत्रसंग सरोकार राख्ने विभिन्न निकायहरुको समन्वयात्मक कार्यले महत्व राख्दछ । यस मानेमा पर्या–पर्यटनलाई कुनै न कुनै रुपमा ग्रामीण पर्यटनसंग जोडेर कार्य गर्न सकिएको खण्डमा ग्रामीण पर्यटन प्रबर्धन र विकासका क्षेत्रमा  छलाङ्ग मार्न सकिने देखिन्छ । नेपालको भौगोलिक तथा प्रा्रकृतिक स्वरुपलाई दृष्टिकोण दिइएको खण्डमा हामीले पर्यटनक्षेत्रको विकासको प्रचुर सम्भावना देखेकाछौं, जसका लागि पदयात्रा, हिमाल आरोहण, नदीहरुमा नौका विहार, प्याराग्लाइडिंग, बन्जिजम्पिङ् लगायतका यावत क्रियाकलापहरु प्रति हाम्रा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । नेपालका प्रमुख पदयात्रामार्गहरु अन्नपूर्ण सर्किट, सगरमाथा बेसक्याम्प, लामाटाङ्ग पदयात्रामार्ग तथा रसुवाको तामाङ् हेरिटेज ट्रेललाई व्यवस्थित रुपमा प्रचार प्रशार तथा पर्यटकका लागि आकर्षक प्रबर्धनात्मक कार्यक्रम संचालन गर्न सकिएको खण्डमा पर्यटकको संख्यात्मक र गुणात्मक विकास गर्न सकिन्छ । यसका साथै पछिल्ला समयमा निकै आकर्षणका रुपमा रहेका नदीहरुमा नौका विहार, प्याराग्लाइडिंग, बन्जिजम्पिङ जस्ता एडभेन्चर टुर प्याकेजहरुलाई थप व्यवस्थित र आकर्षक बनाउन सकिएको खण्डमा पर्यटकको ओइरो लाग्दछ भने तिनै पर्यटकहरुबाट प्राप्त सेवा सुविधाबाट विदेशी मुद्रा प्रसस्त आर्जन पनि गर्न सकिन्छ नै ।
पर्यटकीय गन्तव्य क्षेत्रहरुमा पर्यटकमैत्री वातावरण निर्माणका लागी स्पष्ट दिशा निर्देशका साथ कार्य गरिनु नितान्त आवश्यक छ । जसका लागि सरोकारवाला निकाय तथा स्थानीय निकाय लगायत सम्बधित पर्यटन विकास समितिहरुले सहजिकरण र समन्वयकारी भूमिका निभाउन सक्नुपर्छ । यसो हुनसके अझ व्यवस्थित तथा गुणस्तरिय सेवा दिन सकिन्छ । ग्रामीण पर्यटन तथा पर्या–पर्यटनका प्रमुख गन्तव्य स्थलहरुमा हाल पु¥याई आएको सेवा सुविधामा परिमार्जन तथा थप मौलिकपना दिने खालका सेवा दिने दिशामा पर्यटन व्यवसायीहरुले कार्यक्रमिक योजनाका साथ आकर्षक भ्रमण प्याकेज ल्याउनु जरुरी छ । जसमा सरकारी निकायको दृष्टिकोण उदार र व्यवसाय प्रवद्र्धनमुखी हुनु पर्दछ । लेख प्रस्तुतकर्ता : – मनोहर कार्की (अधिवक्ता तथा मानवशास्त्री)

आर्थिक विकासका सूचकांक

गम्भीरबहादुर हाडा
आर्थिक विकासका सूचकहरूका सम्बन्धमा अर्थशास्त्रीहरूबीच मतभिन्नताहरू पाइन्छन् । कतिपय अर्थशास्त्रीले राष्ट्रिय उत्पादनलाई आर्थिक विकासको सूचक मानेका छन् । कतिपय अर्थशास्त्रीले प्रतिव्यक्ति आम्दानीलाई आर्थिक विकासको सूचक मानेका छन् । यसैगरी कतिपय अर्थशास्त्रीहरूले आर्थिक कल्याणलाई यसको सूचक मानेका छन् । विभिन्न अर्थशास्त्रीले भौतिक जीवनस्तर सूचकांकलाई विकासको सूचक मानेका छन् । अर्थशास्त्रीले आयु, मृत्युदर, साक्षरतालाई आधार बनाएका छन् । यसैगरी संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपीले विकासका सूचकका रूपमा मानव विकास सूचक निर्माण गरेको छ । आर्थिक विकासको परिसूचकको आधारमा आर्थिक विकासको मापन गर्न सकिन्छ । विभिन्न अर्थशास्त्रीहरूले आर्थिक विकासको परिसूचकको अलग–अलग व्याख्या गरेका छन् । विकासको स्वरूप दीर्घकालमा परिवर्तन भइरहने हुनाले परम्परागत व्यापारवादीहरू धन वा सुनलाई विकास भन्दथे । यसैगरी आदम स्मिथले उत्पादनस्तर र कार्लमाक्र्सले पूँजीवादी व्यवस्थाको अन्तरलाई विकास मानेका थिए । पछिल्ला अर्थशास्त्रीहरूले राष्ट्रिय आय, प्रतिव्यक्ति आयकोस्तर र हालका अर्थशास्त्रीहरू मानवीय मूल्यमान्यता र आधारभूत आवश्यकताको आधारमा विकासलाई मापन गर्दछन् । हाल गैर आय क्षेत्रहरू आर्थिक विकासका परिसूचकहरू भएका छन् । निम्न परिसूचकहरूलाई आर्थिक विकासका मापन वा परिसूचक मानिएको छ । सामान्यतया प्रतिव्यक्ति आम्दानी र उपभोगमा बृद्धि हुनुलाई विकास भनेर भन्ने गरिन्छ । तर आर्थिक विकासको निमित्त प्रतिव्यक्ति आम्दानीमा बृद्धि हुनु नै पर्याप्त शर्त भने होइन । किनभने आर्थिक विकास भनेको एउटा जटिल तथा दीर्घकालीन प्रक्रिया हो । आर्थिक विकासको निमित्त प्रतिव्यक्ति आम्दानीमा बृद्धिको साथै सामाजिक, संस्थागत र संरचनात्मक कुराहरूमा पनि परिवर्तन हुनु आवश्यक हुन्छ । आर्थिक विकास मानिसले मानिसकै लागि गर्ने भएकोले यो मानव कल्याणसँग सम्बन्धित हुनुपर्दछ । प्रतिव्यक्ति आम्दानीका साथै जनताहरूको जीवनस्तरमा भएको बृद्धि, उत्पादनको संरचना तथा साधनहरूको वितरणमा संरचनागत परिवर्तनहरू, बचत र पूँजी निर्माणको दरमा भएको बृद्धि देशमा उपलब्ध स्रोत, साधनहरूको समुचित विकास र प्रयोग, विज्ञान र प्रविधिमा हुने विकास आदि जस्ता महत्वपूर्ण विषय पनि आर्थिक विकासको मापदण्ड र सूचक हुन् । यसको साथसाथै गरिबी निवारण, रोजगारीको अवसरहरूमा बृद्धि, समाजमा आय तथा धन सम्पत्तिको न्यायोचित वितरण, मानिसका आधारभूत आवश्यकताको पूर्ति, मानव जीवनको भौतिक गुण, परिसूचकमा हुने सुधार, मानव विकास परिसूचक र मानव गरिबी सूचकमा भएको सुधार आदि आर्थिक विकासका राम्रा परिसूचक हुन् । आर्थिक विकासका परिसूचकलाई आम्दानी परिसूचक र गैह्र आम्दानी परिसूचक गरी विभाजन गरी अध्ययन गर्न पनि सकिन्छ ।
साधारणतया विकास भन्नाले एउटा यस्तो अवस्थामा पुग्नु वा परिणत हुनु हो जुन पहिलेको भन्दा उन्नत र समृद्ध हुन्छ । अझै गहिरिएर सोच्ने हो भने विकास भनेको त्यो हो जसले प्राकृतिक सन्तुलनमा ह्रास आउन नदिइ मानव जीवनस्तरमा सुधार ल्याउँदै मानिसको आहार व्यवहार, बसाइ तथा दृष्टिकोणमा परिवर्तन ल्याउँछ । त्यसैले विकास भनेको भौतिक विकास मात्र होइन, यो मानव समाजको बहुपक्षिय विकास हो जस्तै– आर्थिक विकास, सामाजिक विकास, राजनैतिक विकास, प्राविधिक विकास, व्यवस्थापकीय विकास, सांस्कृतिक विकास आदि ।
यसरी हेर्दा विकास मानवीय प्रगतिको एउटा दिशाबोध हो जुन व्यक्ति, समाज, गाउँ वा मुलुकको अवस्थामा भर पर्दछ । वर्तमान नेपालको अवस्थामा उपलब्ध स्रोत र साधनको परिचालन (सदुपयोग) गरी रोजगारी, आय, उपभोगको वृद्धि गरी शिक्षा, स्वास्थ्यको अवस्थामा सुधार ल्याई गरीबी निवारण गर्न सक्नु नै विकास हो ।
गरिबी निवारण हाल ग्रामीण नेपालको विकास अभियानमा प्राथमिकताको विषय हो । अब ग्रामीण क्षेत्रमा छरिएर रहेका गरीब जनसमुदायको अवस्थाबारे जानकारी राख्ने र तिनको अवस्थामा सुधार ल्याउने आवश्यक ज्ञान, सीप प्राप्त गर्ने उत्पादनशील रोजगारी प्राप्त गनर्,े आय आर्जन गर्ने, र उपलब्ध साधनको समुचित उपयोग गरी आफ्नो अवस्थामा सुधार ल्याउने अवसर प्रदान गर्ने र यस्ता बानी बसाल्ने खालका कार्यक्रम संचालन गर्नु नै विकास कार्यक्रमहरू हुन् । कृषि विकास, घरेलू उद्योग, शिक्षा तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम यसका उदाहरण हुन् ।
विकास शब्द अत्यन्त मूल्यवान र संभवत निकै नै प्रभावकारी अवधारणा हो । यो एउटा सकारात्मक संरचनागत परिवर्तित स्वरूप हो । एउटा परिवर्तन र निरन्तर चलिरहने नयाँ अवस्थाको स्थापना र शुरूवात हो । अतः मानव समुदायको जीवन पद्धतिको स्वनिर्भर सकारात्मक र स्वपरिचालित अवस्था नै विकास हो जसमा मानवीय र सामाजिक पक्ष पूर्ण रूपमा समेटिएको हुन्छ । विकासलाई बहुपक्षीय प्रक्रियाको रूपमा लिंदै संरचनात्मक परिवर्तन र दृष्टिकोणमा संस्थागत परिवर्तनलाई बहुपक्षिय प्रक्रियाको रूपमा लिइएको छ । निरपेक्ष गरिबीको निवारण र असमानता हटाउने सवालमा आर्थिक वृद्धिलाई सकारात्मक विश्लेषणबाट माथि उठी सामाजिक पूँजीको महत्वलाई जोड दिंदै समानता तर्फ केन्द्रित गरेको पाइन्छ ।
आर्थिक कल्याणमा वृद्धि हुनुलाई आर्थिक विकास मान्ने अर्थशास्त्री ओकुन र रिचार्डसन हुन् । उनीहरूको भनाइ अनुसार, आर्थिक विकास भनेको बढी मात्रामा वस्तु तथा सेवा उपलब्ध हुनु हो जसबाट मानिस भौतिक कल्याणमा निरन्तर वृद्धि हुन्छ । यस परिभाषामा समाजमा वस्तु तथा सेवाको पर्याप्तताद्वारा सामाजिक कल्याणमा वृद्धि भै आर्थिक विकास हुन्छ भन्ने कुरामा जोड दिइएको छ ।
आर्थिक कल्याणको मापदण्डले उपभोगलाई जोड दिएको छ । उपभोगमा वृद्धि नभइकन जनताको जीवनस्तरमा सुधार हुन सक्दैन । आर्थिक कल्याणको आधारमा आर्थिक विकास मापन गर्दा आर्थिक विकासले प्रतिव्यक्ति आय वृद्धि हुनुका साथसाथै आयको असमान वितरण घट्न गई समस्त जनसाधारणहरूको सन्तुष्टि अधिकतम बढ्दै गइरहेको अवस्थालाई दर्शाइएको हुन्छ । आर्थिक विकासको प्रक्रियामा व्यक्तिहरूद्वारा उपभोग गरिने वस्तु तथा सेवाहरूको स्तर वृद्धि हुँदै गइरहको हुन्छ । अािर्थक कल्याणमा वृद्धिका परिसूचकमा विश्वास गर्ने अर्थशास्त्रीहरूको भनाइ अनुसार आम्दानी तथा उत्पादन मात्र आर्थिक विकासको सूचक हुन सक्दैन । उत्पादन आर्थिक विकासको लागि आवश्यक भए तापनि वितरणलाई पनि ध्यान दिनुपर्दछ । उत्पादन र आम्दानीको ठूलो हिस्सा सीमित व्यक्तिमा केन्द्रित हुने गरी उत्पादन र आम्दानी बढ्ने अवस्थालाई सच्चा अर्थमा आर्थिक विकास भन्न नसकिने धारणा कल्याणवादी अर्थशास्त्रीहरूको धारणा रहेको पाइन्छ । कल्याणवादी अर्थशास्त्रीहरूका मतानुसार आर्थिक विकास भए नभएको मापन गर्नको लागि गरिबी घटेको वा बढेको, साधनको वितरण अधिकतम व्यक्तिको साथमा जान सके नसकेको, बेरोजागारीको आकार घटेको या नघटेको तथा मानिसको जीवनस्तरमा सुधार आएको वा नआएको भन्ने कुराको मापन गर्न सकिन्छ ।
आधुनिक धारणाको पक्षधर अर्थशास्त्रीहरूले राष्ट्रको उत्पादन, राष्ट्रिय आय, प्रतिव्यक्ति आम्दानी, आदिको साथसाथै आधारभूत आवश्यकता, जीवनको भौतिक गुण सूचक, मानव विकास सूचक आदि जस्ता गैर आम्दानी परिसूचकलाई समेत आर्थिक विकासको मापदण्डको रूपमा लिएको पाइन्छ । आर्थिक विकासको मापदण्डलाई वर्तमान समयमा सुक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्र गरी दुई पक्षबाट हेर्न सकिन्छ । अर्थव्यवस्थामा शिक्षा र प्रशिक्षणको सुविधामा वृद्धि हुनु, लगानीको मात्रामा वृद्धि हुनु, मानिसहरूको उत्पादन क्षमतामा वृद्धि हुने तथा समाजमा विद्यमान मूल्य, मान्यता, रहन सहनको स्तरमा क्रमिक सुधार आउनुलाई पनि आर्थिक विकासको मापदण्ड मानिएको छ । केही अर्थशास्त्रीहरूले शिक्षा, स्वास्थ्य, खाद्यान्न, पोषण, सीप, साक्षरता रोजगारीको अवस्था, आधारभूत आवश्यकताको उपभोग, यातायताको सुविधा, वासस्थान, मनोरञ्जन, सामाजिक सुरक्षा जस्ता विषयहरूलाई आर्थिक विकासको सूचकको रूपमा लिएका छन् ।
सामाजिक परिवर्तनको अर्थलाई स्पष्ट म्याक्लिभर भन्दछन्, ‘मानवीय सम्बन्धमा हुने परिवर्तन सामाजिक परिवर्तन हो ।’ किंग्सली डेभिड भन्दछन्, ‘सामाजिक परिवर्तनको तात्पर्य त्यस्ता समस्त अन्तरहरू हो, जुन अन्तर सामाजिक सँगठन, ढाँचा, बनौट तथा प्रकार्यमा देखिन्छ ।’ सामाजिक परिवर्तन एक सार्वभौमिक घटना हो । सामाजिक परिवर्तनको गति असमान र तुलनात्मक हुन्छ । सामाजिक परिवर्तन नियमित र जटील तथ्य हो । सामाजिक परिवर्तनको विषयमा भविष्यवाणी गर्न सकिदैन । सामाजिक परिवर्तन योजनाबद्ध र स्वतःफूर्त दुबै हुन्छ । सामाजिक परिवर्तनद्वारा मानिसहरूको मनोवृत्ति र चालचलनमा सुधार ल्याउँछ । जाति प्रथा, धार्मिक रीतिरिवाज उत्तराधिकारीको नियम, संयुक्त परिवार प्रणालीलाई समय अनुसार परिवर्तन गर्न सकेमा आर्थिक विकासलाई मद्दत पु¥याउने गर्दछ ।
देशमा आर्थिक विकास तीब्र रूपमा गरेर, शिक्षा र संचारको विकास गरेर आम्दानी र रोजगारी बढाएर, उत्पादनमा नवीनतम प्रयोग गर्ने, औद्योगिकरणद्वारा समाजमा रहने मानिसहरूको मनोवृत्तिमा परिवर्तन ल्याएर विकासको लागि मार्गदर्शन गर्न सक्छ । पलवि हर्टन र चेस्टर एल हन्टको परिभाषमा ‘सामाजिक परिवर्तन,  सामाजिक संरचना र समाजको सम्बन्धमा हुने परिवर्तन हो जसलाई प्रयास संस्कृृतिक परिवर्तनसँग अन्तर परिवर्तनिय रुपमा प्रयोग गरिन्छ । सामाजिक परिवर्तनको प्रभाव अनुकुल भएमा मात्र  समाजले स्वीकार्ने छ । समाजले स्ववेच्छाले स्वीकारेको, राम्रोसँग बुझेको  र सामाजिक मूल्य र मान्यतामा  प्रतिकुल असर नपारेको अवस्थामा  सामाजिक परिर्वनलाई  समाजले आत्मसात गर्नेछ ।
आर्थिक विकासलाई इच्छा, योग्यता, गुण, क्षमता, ज्ञान, भावना, मान्यता, संस्कार, उद्देश्य, आकर्षण, संस्था, सँगठन र राजनैतिक प्रबन्ध आदि अनगिन्ती विभिन्न प्रकारका सामाजिक भावनाद्वारा निर्धारण गरेको हुन्छ । जुन समाजमा गुण, ज्ञान, अनुभव, कुशलता, अनुशासन, दुरदर्शिता, विवेक तथा सहनशीलता जस्ता आवश्यक गुणहरू विद्यमान हुन्छन् । त्यो समाज आफ्नो आवश्यकता पूर्ति गर्न चाहिने साधन र स्रोत उपलब्ध गराउन सक्ने उपाय तथा अनुभवको खोज गर्न समाजमा नयाँ परिवर्तन ल्याउन सफल हुन्छ । विकास आर्थिक स्रोतको प्राप्तिले मात्र हुन सक्दैन, जनताले आफ्नो तनमन धन लगाएर देश र देशवासीको विकास नै हाम्रो विकास हो भन्ने धारणा लिई सक्रियताका साथ सामाजिक परिवर्तन गर्ने कटिबद्ध हुनेतर्फ आफ्नो तत्परता देखाएको हुनुपर्दछ ।
मानवीय विकासमा आर्थिक विकासकोे साथसाथै सामाजिक विकासका पक्षहरूलाई पनि समावेश गरिन्छ । स्वास्थ्य, सरसफाइ, औषत आयु, खाद्य तथा पोषण तत्व, शिक्षा, आम्दानी तथा गरिबीको अवस्थाबाट मुक्ति, महिला तथा बच्चाहरूको स्थिति, मानवीय सुरक्षा र वातावरण आदिको समग्र स्थितिमा सुधार हुनु नै मानवीय विकास हुनु हो । मानव सभ्यतामा समग्र स्थितिको सकारात्मक स्थिति मानवीय विकास भए पनि मानव विकासको सुचांक किटान गर्न गाह्रो पर्दछ । मानवीय विकासलाई परिमाणात्मक भन्दा गुणात्मक पक्षले बढी प्रभाव पार्ने भएको हुनाले मानवीय विकासको मापन गर्न कठिनाइ परेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले मानवीय विकास सूचांकको आवधारणा विकसित गरी मानवीय विकासलाई मापन गर्ने प्रयास गरिएको पाइन्छ । यस सूचकमा मानव साधन विकासका लागि यी तीन पक्षहरूलाई समावेश गरिएको छ । पहिलो राम्रो जीवनको लागि आम्दानी दोस्रो शिक्षा प्राप्तिका लागि र तेस्रो जीवन निर्वाहका लागि ।
विकासको सूचक सम्बन्धमा प्रोफेसर मौरिसले अनुमानित आयू, बाल मृत्युदर तथा साक्षरता दर तीन चरणहरूलाई भौतिक जीवन स्तर सूचकांक तयार गर्नुपर्ने त्यसमा सबैभन्दा कमलाई  ‘१’ अंक र सर्वोत्कृष्टलाई ‘१’ स्तर दिई समग्रमा विकासको स्तर निक्र्याैल गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
आधुनिक युगमा विकासमा सशक्तिकरणको रणनीतिलाई जोड दिईएको छ । सशक्तिकरणले लाभान्वित वर्गलाई अधिकारका मालिक र विकासका निर्देशकका रूपमा प्रस्तुत गर्दछ । जनतालाई विकास प्रक्रियाको केन्द्रमा राख्छ । जनता आफै आफ्ना प्रतिनिधि वा नागरिक समाजका निकायमार्फत विकासको केन्द्रमा संलग्न हुन्छन् । सशक्तिकरणको लक्ष्य जनतालाई जीवन परिवर्तन गर्ने पहुँच स्थापित गर्नु हो । विकासमा नागरिक समाज, अल्पसंख्यक, आदिवासी, महिला लगायत सबै पक्षको सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागीता अपरिहार्य छ । अधिकारमूखी दृष्टिकोणले विकास प्रक्रियाका सबै संयन्त्रमा जनताको पहुँचलाई जोड दिइन्छ । पहुँचमार्फत प्राप्त सूचनाले आलोचना र समर्थन गर्न बल पु¥याउँछ र लाभान्वित वर्गसम्म विकास परियोजनाको संयन्त्र पुग्छ ।
योजनाको उत्थान, तर्जुमा, नीति निर्माण र कार्यान्वयनको चरणमा त्यस वर्गको सहभागिता हुनुपर्छ । यसले सहभागितामा आधारित विकास विधि र प्रविधिमा जोड दिन्छ । विकासको अधिकारमुखी दृष्टिकोणले गैर भेदभाव र जोखिममा रहेका समूहको हेरचाहलाई विशेष ध्यान दिइन्छ । जोखिमताको स्तर निर्धारण गर्न कठिन भएपनि नेपालमा गरिबीको रेखामुनि रहेका महिला, बालबालिका, अल्पसंख्यक समुदाय, दलित, जनजाति, कमैया, हलिया, श्रमिक बन्दी आदि यस वर्गमा पर्दछन् । भौगोलिक रूपमा पनि जोखिमताको निर्धारण गर्न सकिन्छ । महिला र बाल बालिका भनेका भेदभावको पहिलो सिकार हुन् । विकासका नीति, कार्यक्रम योजना तथा परियोजना भेदभाव मुक्त हुनुपर्छ । विकासमा लंैगिक आयामलाई उच्च तहमा मूल प्रवाहीकरण गरिनुपर्छ ।
विकास र मानवअधिकार प्रक्रियाबाट लंैगिक मुद्दा अलग्ग रहन सक्दैन । राज्यका विकास सम्बन्धि नीति तथा कार्यक्रमले लैंगिक दृष्टिकोणलाई मूल प्रवाहीकरण गर्न नसक्नु विकास प्रक्रियाको कमजोरी हो । जनताका सबै अधिकार प्रवद्र्धन गर्ने विकासमार्फत समानता र सकारात्मक विभेदमा आधारित समावेशी समाजको निर्माण, राज्य संचालन प्रणालीको आधारभूत शर्त हो । विदेशी नमूना र पूर्वाग्रही धारणाबाट आएका विकास लक्ष्य, सूचक र योजना भन्दा मानव अधिकारका संयन्त्रमा सुनिश्चित गरिएका अधिकारगत विधि पहुँच योग्य छन् । यसले सर्वस्वीकार्य विकासको रूप प्रदान गर्छ । यसो गरिए विकास परियोजनाका बेफाईदा विरूद्ध सुरक्षा प्रदान गर्न सकिन्छ किनभने अधिकारमुखी दृष्टिकोणले विकास योजना, नीति तथा परियोजना सुरक्षाका उपाय समावेश गर्छ ।
लेखक अर्थशास्त्रका प्राध्यापक हुन् ।

नेपालमा ग्रामीण बजारशास्त्रः अवसर र चुनौतिहरू

रूद्रप्रसाद भट्टराई

भारतका प्रसिद्ध प्राध्यापक सनल कुमार भेलायुद्धनले सन् २००२ मा प्रकाशित गरेको बहुचर्चित पुस्तक रुरल मार्केटिङ्गमा ग्रामीण बजार, बजारशास्त्र, ग्रामीण जनजीवन, उत्पादनको बजारीकरण, सञ्चारको प्रयोग, रणनीति र संयन्त्रको राम्रोसँग व्याख्या एवं परिचर्चा गरेका छन् । लेखकले देश सम्पन्न बन्नको लागि ग्रामीण क्षेत्रहरूमा बढी ध्यान दिनुपर्ने जसमा पनि विशेष गरी ग्रामीण उत्पादनहरूको प्रक्रियागत व्यवसायीकरण गर्दै ग्रामीण मुहारमा उज्यालो ल्याउन सक्ने कुरामा जोड दिएका थिए । त्यस्तै उनले कृषि उत्पादनहरू जुन गाउँबाट सहर जान्छन् र गाउँको लागि सामान तथा सेवाहरू निर्माण हुनेकुरालाई ग्रामीण बजारशास्त्रको दायराभित्र राखेका छन् ।


बजारशास्त्र पुरानो विषय हो, जसले सम्पुर्ण खरिद—बिक्री कार्यलाई सम्बोधन गरेको हुन्छ । व्यापक रुपमा बजारशास्त्रलाई केवल व्यापारिक वा खरिद—बिक्रीसँग भन्दापनि गैर—व्यापारिक क्षेत्रभित्र अटाउन सकिन्छ । कुनैपनि व्यक्तिगत वा समूहगत दुवै किसिमका कार्यको लागि उचित व्यवस्थापन गर्न बजारशास्त्रको भूमिका अवर्णनिय हुन्छ । यसले मानिसको हरेक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । यहि बजारशास्त्रको एउटा सानो अंश ग्रामीण बजारशास्त्र हो । यसले वस्तु वा बिक्रीलाई भन्दा ग्रामीण उपभोक्ताको इच्छा तथा अवश्यकताहरूलाई महत्व दिन्छ । ग्रामीण बजारशास्त्र पूर्ण रुपमा समग्र क्षेत्रको विकास, विस्तार तथा आधुनिकीकरणसँग सरोकार राख्ने विषय हो । जसले समग्र जनताको जीवनस्तरमा परिवर्तन ल्याउँदै राष्ट्रिय विकासको प्रण गरेको हुन्छ । हाम्रो जस्तो मुलुकमा ग्रामीण बजारशास्त्र अत्यन्त आवश्यक रहेको हुनाले देश विकास गर्ने अब्बल रणनीतिभित्र ग्रहण गर्न सकिन्छ ।


ग्रामीण बजारशास्त्र द्वैध बजारीकरण प्रक्रिया हो जहाँ गाउँका वस्तु तथा उत्पादनहरू सहर र सहरमा निर्मित वस्तुहरू गाउँमा प्रवाहित हुन्छन् । यसका साथै वस्तु तथा उत्पादनहरूको स्थानीयक्षेत्रमै चहलपहल बढ्नुपनि ग्रामीण बजारशास्त्रको क्षेत्र हो । ग्रामीण क्षेत्रको विभिन्न उत्पादनहरूलाई ग्राहकसम्म पुर्‍याई सेवा—सुविधा प्रदान गर्नु/गराउनु नै ग्रामीण बजारशास्त्र हो । यसमा उत्पादक र ग्राहक बीचको विभिन्न माध्यम/मार्गहरूः— विउविजन, बजार, व्यवस्थापन, प्रबद्र्धन, यातायात, ग्राहक र सन्तुष्टि जस्ता महत्वपुर्ण औजारहरूको राम्रो प्रबन्ध हुनुपर्दछ । ग्रामीण क्षेत्रको उत्पादनहरूलाई ग्राहकसम्म पुर्‍याउन कुशल व्यवस्थापकको आवश्यकता पर्दछ जसमा मध्यस्तकर्ताको महत्वपूर्ण भूमिका रहने गर्दछ । यही सञ्जाललाई थोरैमात्र व्यवस्थित गर्न सके ग्रामीण क्षेत्रको उत्पादनबाट मनग्गे फाइदा पुग्ने कुरामा दुईमत हुन्न ।


नेपाली ग्रामीण बजारहरू गाऊँको केन्द्रमा स्थापित छन् । त्यस्ता बजारहरूलाई मेला, हाटबजार, मण्डी आदि नामले पनि चिनिन्छ, जहाँ स्थानीय जनताहरूले आफ्ना आवश्यकता र इच्छाहरू पुरा गर्ने गर्दछन् । यस्ता प्रकारका बजारहरू साना आकार, प्रकार तथा प्रायः कृषि, पशुपालन र ग्रामीण उत्पादन आदिसँग सम्बन्धित हुन्छन् । ग्रामीण बजारहरू सहर र गाऊँको सेतु हुन् जहाँ सहरी जनता वस्तु तथा सेवाको वितरण तथा आपूर्ति गर्दछन् भने ग्रामीण जनताहरू आवश्यक कच्चापदार्थ, श्रम साटासाट गर्दै आफ्ना आवश्यकताहरू पूर्ति गर्दछन् । ग्रामीण बजारहरू पूर्णतयाः सहर र त्यहाँका जनतालाई लक्षित गरी वस्तुको उत्पादन तथा बिक्रीका लागि स्थापित हुन्छन् । तसर्थ पनि गाऊँ क्षेत्रको समग्र विकासमा सहरी क्षेत्रको सम्बन्धले थप मद्दत पुर्‍याएको हुन्छ ।


नेपालको पूर्वाञ्चल क्षेत्रमा कृषि बजारको लागि बिर्तामोड, विराटनगर, धरान, धनकुटा, संखुवासभा प्रमूख हुन् भने हाल आएर झापाको खुदुनाबारी पशु बजार, शनिश्चरेको पुरानो बजार, काँकडभिट्टा, धुलाबारी, सुरुङ्गा बजार, दमक आदि थपिएका छन् । मोरङ्गका उर्लाबारी, मधुमल्ला आदि । इलामको दानाबारी, हर्कटे, फिक्कल, पशुपतिनगर आदि । पाँचथरको फिदिम, यासोक, रानीगाउँ आदि । ताप्लेजुङ्ग, सुनसरीको इटहरी लगायत विभिन्न स्थानहरू । यसैगरी पूर्व क्षेत्रभित्र असंख्य कृषि बजारहरू पछिल्लो समयमा विकास भएका छन् । । त्यस्तै मध्यमाञ्चल क्षेत्रमा काठमाडौँ, हेटौँडा, नारायणघाट, जनकपूर पूराना सहर भए भने त्यसमा धादिङ्ग, काभ्रेका विभिन्न अन्य क्षेत्र थपिएका छन् । पश्चिमाञ्चल क्षेत्रमा बुटवल, तानसेन, व्यास, पोखरा सँगै अन्य विभिन्न उप बजारहरू थपिन गएका छन् । मध्य—पश्चिमाञ्चल क्षेत्रमा घोराही, तुल्सीपूर, सल्यान, नेपालगंज, विरेन्द्रनगर प्रमूख बजार हुन भने सूदुर—पश्चिमाञ्चल क्षेत्रमा कैलालकीको टिकापूर, धनगढी अनि डढेलधुरा, दार्चुला, डोटी र अछामका साथै महाकालीको भिमदत्तनगर कृषि बजारको प्रमूख सयन्त्रहरू हुन् । यसरी हेर्दा नेपालको बजारमा कृषि उपज र यस क्रियाकलाकै बाहुल्यता रहेको कुरालाई लुकाउन सकिँदैन ।


पछिल्लो योजनाले विश्वव्यापीकरण र आर्थिक उदारीकरणबाट सिर्जित अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्दै व्यापारलाई राष्ट्रिय विकास नीतिमा मूलप्रवाहीकरण गरी उदार, प्रतिस्पर्धात्मक र समावेशी वाणिज्य क्षेत्रको विकासमार्फत गरीबी न्यूनीकरण र आर्थिक विकासमा टेवा पुर्‍याउने सोच लिएको छ । यस्तै खाद्य र पोषण सुरक्षाको अवधारणा र सहस्राब्दी विकास लक्ष्य अनुरुप दीर्घकालीन कृषि योजना र राष्ट्रिय कृषि नीतिलाई कृषि विकासका लागि मूल नीतिको रुपमा अङ्गीकार गरी यस क्षेत्रको आधुनिकीकरण एवं व्यवसायीकरण गरी प्रतिस्पर्धी बनाइने कुरामा जोड दिएको छ । कृषि व्यवसाय प्रबद्र्धन तथा बजार विकास कार्यक्रम अन्तर्गत कृषक, व्यापारी एवं प्रशोधनकर्तालाई संलग्न गराई उच्च मूल्यका बालीको व्यवसायीकरण तथा व्यापारीकरण क्षमता अभिवृद्धि गर्न सडक सञ्जाल विकास, बजार तथा संकलन केन्द्र निर्माण, शीत भण्डारण र साना सिंचाइ सुविधा जस्ता समुदायमा आधारित पूर्वाधारहरूको विकास, सामुदायिक खेती प्रबद्र्धन, कृषि मेसिनरी तथा उपकरण, प्रशोधन औजार, प्रयोगशाला उपकरण, बजार अनुसन्धान र प्रविधि विकासमा पनि उत्तिकै जोड दिनुले पनि यस क्षेत्रको भविष्य उत्तम रहेको प्रष्ट हुन्छ ।


यसरी नै पशुजन्य व्यवसायीकरण, प्रशोधन तथा बजारीकरण अन्तर्गत स्वदेशमा मासु तथा दूधको उत्पादन बढाउन व्यावसायिक बाख्रा पालन, वंगुर पालन, मासुका लागि पाडा पालन, कुुखुरा पालन एवं गाई भैंसी पालन कार्यक्रमहरू सञ्चालन गरिनाले  व्यावसायिक फार्महरूको क्षमता अभिवृद्धि, प्रजननकालागि गुणस्तरीय पशुपन्छीको स्रोत केन्द्रहरू स्थापना तथा बजारीकरण व्यवस्था गर्ने, कृषक समूह र सहकारीहरू मार्फत व्यावसायिक गाई भैंसी पालन, बृहत्तर पशु विकास कार्यक्रमको क्षेत्र विस्तार र निजी व्यावसायिक फार्म स्थापना गर्ने, दूध उत्पादन, संकलन, प्रशोधन तथा दुग्ध पदार्थ विविधीकरण गर्नेे जस्ता कार्यक्रमहरू सञ्चालनमा वृद्धि हुनेछन् । मूल्य अभिवृद्धि श्रृंखला विकास अन्तर्गत तरकारी, फलफुल, अदुवा, माछा, दूध, याक चिज, मासु, आलंकारिक फूल जस्ता कृषिजन्य उत्पादनको मूल्य अभिवृद्धि श्रृङ्गला सुधार, उच्च मूल्यका कृषि तथा पशुजन्य वस्तुहरूको स्तरीय उत्पादन बढाउन बाली वस्तुहरूको उत्पादन मिसन, कृषि व्यवसायीकरण तथा व्यापार आयोजना, उच्च मूल्य कृषि वस्तु विकास र उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार जस्ता आयोजना तथा कार्यक्रमहरूमा आउने परिवर्तनले कृषि तथा बजारक्षेत्रमा उल्लेख्य उपलब्धी हुने निश्चित छ ।


आय तथा रोजगारीको अवसरमा वृद्धि, स्थानीय उत्पादनको प्रबद्र्धन एवं व्यवसायीकरण, स्थानीय श्रमशक्ति र सीपको संरक्षण र परिचालन, कृषि एवं उद्योग क्षेत्रको समानान्तर विकास, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु र सेवाको पहिचान, पँहुच र विस्तार जस्ता विविध पक्षमा यस क्षेत्रबाट महत्वपूर्ण योगदान पुग्ने हुँदा कृषि व्यापारलाई आर्थिक विकासको महत्वपूर्ण अंगको रुपमा लिइन्छ । तर व्यापार क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा मूलप्रवाहीकरण हुन सकेको छैन । नेपालको स्वदेशी र वैदेशिक व्यापारमा हरेक वर्ष व्यापार घाटा बढ्दै गएको र यसले शोधनान्तर स्थितिमा समेत प्रतिकूलता ल्याएको छ । यस परिप्रेक्ष्यमा व्यापारलाई आर्थिक विकासको संवाहकका रुपमा राष्ट्रिय अर्थतन्त्र र विकास योजनामा मूलप्रवाहीकरण गर्दै स्वदेशी उत्पादनलाई विश्व बजारमा गुणस्तरीय र प्रतिस्पर्धी बनाई निकासी व्यापार निर्देशित आर्थिक वृद्धि हासिल गर्ने तर्फ प्रयासहरू केन्द्रित हुनुपर्ने देखिन्छ ।


सम्पूर्ण देश कृषि पेशासँग सम्बन्धित रहेको अवस्थामा पनि यस क्षेत्रले अहिलेसम्म पनि आशातित् सफलता हुन नसक्नु, विभिन्न आन्तरिक र बाह्य समस्याहरूका कारण यहि क्षेत्रलाई खासै गति दिन नसकिएको तितो सत्य हामी सामु प्रष्ट छ । चेतनाको कमी, विऊ विजनको न्यून उपलब्धता, सिँचाइ अभाव, प्रविधिको न्यूनता, आर्थिक तथा भण्डारण अभाव, तथा भौतिक कठिनाई, त्यस्तैगरि परम्परागत ढांचा र सँस्कृतिका कारणले गर्दा कृषि क्षेत्रको आधुनिकिकरण तथा व्यवसायिकरण गर्न अझपनि पूर्ण रुपमा सकिएको छैन । कृषि क्षेत्रका विभिन्न खाद्यन्न र नगदे उत्पादनहरू जस्तैः आलु, चामल, दाल, मकै, गहुँ, फापर, कोदो, तरकारीहरू आदिको उचित तथा व्यवस्थित बजारको अभावमा तिनको विकास गर्न सकिएको छैन । यसले ग्रामीण बजारीकरणमा ठुलो समस्या प्रस्तुत गरिरहेको छ । जुन दरमा समस्या सिर्जना गरिरहेको छ त्यो प्रतिशतभन्दा उच्च दरमा काम गर्नुपर्ने चुनौतिपनि हाम्रो माझ देखापरिरहेको छ ।


यति हुँदा—हुँदै पनि ग्रामीण वस्तु तथा उत्पादनहरूको बजार प्रबद्र्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानहरूमा विभिन्न कृषि विकास बजार, मेला, कृषि प्रदर्शनी, कृषि उपज हाट, कृषि मण्डी आदि बेला—बेलामा देशका विभिन्न स्थानहरूमा विगत केहि वर्ष देखि हुँदै आएका छन् । जस्तै : पूर्वाञ्चल वृहत कृषि मेला, तनहुँ महोत्सव, इटहरी कृषि वस्तु प्रदर्शनी, धनगढी कृषि महोत्सव, मध्यपश्चिमाञ्चल कृषि मेला, उत्पादन तथा परिकार मेला, मध्यमाञ्चल औद्योगिक तथा कृषि मेला, पश्चिमाञ्चल पोखरा महोत्सव, डोटी कृषि महोत्सव, पाल्पा कृषि प्रवर्द्धन मेला आदि लाई सफल उदाहरणका रुपमा लिन सकिन्छ ।


उल्लेखित् कार्यहरूमा सम्बन्धित स्थानीय संस्था, सरोकारवाला र सरकारको योगदान उत्तिकै रहन्छ । ती स्थानहरूबाट वस्तु उत्पादकले वस्तुको बिक्री गर्ने तथा क्रेताहरूले त्यस वस्तु तथा त्यसको जानकारी लिने गर्दछन् । यस्ता हुने गरेका हाट, मेला, प्रदर्शनी, महोत्सव आदिले नेपाली ग्रामीण बजारशास्त्रलाई अझ मजबुद बनाउँदै लगेको छ, जसले गर्दा नेपाली परम्परागत कृषि बजार प्रणाली र जनताको जीवनस्तरमा सामान्य भएपानि आशालाग्दो परिवर्तनहरू सम्भव गराएका छन् ।  तर, यहि अवस्थामा थकाई मार्नु चैँ अवश्य हुँदैन । समसामयिक विषयगत् परिवर्तनलाई भने स्वीकार्नै पर्दछ । यसकारण ग्रामीण बजारशास्त्रको विकासका लागि यसका अवसरहरूको भरपूर उपयोग गर्दै दृश्य र अदृश्य समस्याहरूलाई बढार्न सरोकारवालाहरूले भूमिका बढाउनुपर्ने देखिन्छ ।

आँखा बन्द गरौं सपना देखौं, आँखा खोलौं कर्म गरौं

नारायणप्रसाद शर्मा
एकजना चिन्तकले  भने का छन्– Freedom is not free ने पालीमा भन्न्नुपर्दा स्वतन्त्रता भने को  छाडातन्त्र है न । २००८ साल हिउ“दको  बे ला थियो  । ने पाली कांगे ्रसका सर्वमान्य ने ता गणे शमान सिंहले  दाङ घो राहीको  सार्वजनिक मञ्चमा भने का थिए– ‘प्रजातन्त्र भने को  आत्मसंयम हो  ।’ त्यतिबे ल्ाँ म के टौ ले  साम्यवादी हावा लाग्न थाले को  ठिटो  थिए“ । त्यो  भनाइले  दिमागमा नया“ चस् को  त लाग्यो  । आज आएर मात्र त्यसको  मर्म बुझे ं कि भन्छु । कति बुझे ं त्यो  त म पनि भन्न सक्दै न । यति भन्छु माथिका दुबै  भनाइअनुसार पनि आजको  हाम्रो  लो कतन्त्र पनि पक्कै  छाडातन्त्र है न ।
हामीले  दे ख्दै  आएको  बे थिति पनि अकोर्  शब्दमा छाडातन्त्र नै  हो  । वषौर् ंसम्म ने पालीहरुका मुखमा झुण्डिएको  शब्द प्रजातन्त्र थियो  । त्यसको  मर्म कतिले  बुझे  कुन्नि ? मै ले  बुझे अनुसार हाम्रो  ने पालमा छाडातन्त्रकै  बो लबाला छ । यहा“ जसले  जे  बो ले  पनि हुन्छ । जसले  जे  गरे  पनि हुन्छ । यहा घिउमा पिडालु मिसाउन पनि छुट छ । दूधमा पानी मिसाउन पनि छुट छ । तरकारीमा जति विषादी छिटे  पनि छुट छ । आफ्नो  घरको  फो हो र अर्काको  आ“गनामा फाल्न पनि छुट छ । जागिरे ले  हाजिर गरे  पुग्छ । ने ताले  भाषण गरे  पुग्छ । भन्नुको  आशय हो – शीरदे खि  पाइतलासम्म छुटै छुट छ । यही बे थिति र छाडातन्त्र हाम्रो  दिनचर्या जस्तै  छ ।
राणाकालमा जुवाको  खालमा ‘एक लगावे  दो  पावे ’ भनिन्थ्यो  । भ्रष्टाचार गनेर् ले  एक पनि लगाउनुपदै ैर् न । मिनटभरमा हजार, लाख, करो ड, अरब घूस आउ“छ, कमिशन आउ“छ । कार्यपालिका, न्यायपालिका र व्यवस् थापिका चो खो  भे ट्न दिउ“सै  लालटिन बाल्नुपर्छ । हत्या, हिंसा, बलात्कार, अपहरण, भ्रष्टाचार, दुर्घटना हाम्रा मुख्य समाचार हुन्छन् । सडक, गल्ली, अफिस, हो टे ल सर्वत्र यिनै को  चर्चा छ । जहा“ पनि जहिले  पनि एकले  अकोर् लाई धारे हात लगाएकै  छ । जसले  जति अर्काको  निन्दा गर्न सक्यो  त्यही जान्ने  बुझ्ने  बुजु्रक हो  कि भन्ने  भान पर्छ । यस् तो  छ हाम्रो  मुलुकको  बे थिति । यस् तै  थियो  उहिले  प्रजातन्त्र । यस् तै  यस् तै  छ अहिले  लो कतन्त्र ।
हाम्रो  जिन्दगीको  यही एउटा पाटो  मात्र छै न । यही बे थितिभित्र हामी थिति पनि दे ख्छौ ं । करिब करिब सबै को  घरमा खाना पाके कै  छ । स् कूलमा घण्टी बजे कै  छ । शिक्षकहरु ओ हो र दो हो र गरे कै  छन् । अड्डामा हाजिर चले कै  छ । अधुरा नै  सही, कच्चा नै  सही बाटा बने कै  छन् । शहर बजारमा बिजुली बले कै  छ । अब त गाउ“ पनि फे रिएका जस् ता लाग्छन् । छो टकरीमा भन्नुपर्दा पै सा छ भने  जे  पनि सम्भव छ । पुग्ने लाई सर्बसुलभ छ । नपुग्ने लाई रो इरो इ पुग्नुपर्छ । हु“दै  नहुने को  कुरै  नगनोर् स् । त्यो  कतै  कुनामा अलप छ । घर पे mरिएका छन् । लवाइ खवाइ, है सियत फे रिएका छन् । झुपडीमा बस् ने हरु महलमा बस् न लागे का छन् । बजार घुम्दा बिना मो बाइलको  को ही दे खिन्न । यद्यपि कतिको  अनुहार चाउरी परे को  किन नहो स् ।
अफशो च † यहा“ सबै  भए पनि सर्वत्र हलुवामा बालुवा मिसिए जस् तै  छ । दे श घाटै  घाटाको  दे श हो  । विदे शी ऋण र अनुदानमा चले को  दे श हो  । रे मिट्यान्सले  धाने को  दे श हो  । तर पनि यहा“को  शान सौ कत कम छै न । नमूनाका छन् । चिल्ला कार, चिल्ला घर, चिल्ला गाला, चिल्ला सडक, चिल्ला अस् पताल, चिल्ला क्लिनिक, चिल्ला बजार । तर पनि मान्छे  छटपटीमा छ । मान्छे  बे चै नीमा छ । ब्याकुल छ । तनावग्रस् त छ । बढी असन्तुष्टि छ, आक्रो श छ । विद्रो ह छ । थितिभित्रको  बे थिति, बे थितिभित्रको  थिति । वषांैर्  बित्यो  । यस् तै  गरे र छटपटिएर ।
कारण एउटै  छ ने पालीहरुले  प्रजातन्त्रको  मर्म बुझे नन् । लो कतन्त्रको  मर्म बुझे नन् । गणतन्त्रको  मर्म बुझ्नन् । समावे शिता र संघीयता जम्मै को  मर्म बुझे नन् । हावामा महल खडा गरे  । बतासको  एक झो काले  सबै  उडे  ।
तर याद गरौ ं सबै ले – हिलो मै  कमल फुल्छ । बे थितिबाटै  थिति जन्मन्छ । अथवा यसरी भनौ ं बे थितिपछि थिति बस् छ । क्रान्तिपछि शान्ति आए झै ं । गीताले  भन्छ– पापलाई मे टाउन धर्म जाग्छ । धर्म युद्ध हुन्छ । जनता जागे  भने  बे थिति बढारिन्छ । निरंकुश समाप्त हुन्छ । नयॉ“ संविधान आयो  । नया“ परिपाटी बन्दै छ । वषौर् ं वर्षको  पुरानो  फो हो र मै ला मिल्काउन समय लाग्छ । पा“च वर्षको  लागि जनताले  एउटा राजनीतिक जमातलाई शासन सुम्पे का छन् । कति नराम्रो  मात्रै  सो च्ने  ? कति नकारात्मक कुरा मात्र दे ख्ने  ? हामी आफै  पहिले  ठीक हुनु पर्छ कि ? घूस खाने  पनि मान्छे  । घूस खुवाउने  पनि मान्छे  । कमिशन खाने  पनि मान्छे  । कमिशन दिने  पनि मान्छे  । लो कगणतन्त्र ल्याउने  पनि मान्छे  । लो कतन्त्र राम्ररी चलाउन नजान्ने  पनि मान्छे  ।
विकास, उन्नति, प्रगति, समृद्धि जे  भन्नुस, यो  पनि निरन्तर चल्ने  प्रक्रिया रहे छ । मै ले  बार–बार ले ख्ने  गरे े को  छु– म बसे कै  गाउ“मा ५७ सय विगाहा जग्गाका मालिक दे खे को  मान्छे  हु“ म । आज दुई÷चार विगाहाका मालिक औ ंलामा गनिने  हो लान् त्यहा“ । बा“की जम्मै  के ही कट्ठा र के ही धूर जग्गाका मान्छे हरुको  बसो बास छ । सानो  छ“दा मै ले  दे खे का भे ग्वा (लगौ ंटी) लगाउने हरुका सन्तान पै ण्टमा मो वाइल राखे र हिंड्छन् । धे रै का घरमा टि.भी. छन् । अब छाप्रा कतै  दे खिन्नन् । उहिले  हिंड्ने  पगडण्डी पिच भइसके  र हु“दै छन् । निरक्षरता शून्यमा झदैर् छ । यति भए पनि महत्वाकांक्षा यति बढे को  छ कि मान्छे लाई जति भए पनि पुगिराखे को  छै न । आम्दानी र खर्चमा सन्तुलन छै न । चरम महंगी छ । चरम बे थिति छ ।
ठूला–ठूला महलमा ठूला–ठूला बहस चले का हुन्छन् । ठूला–ठूला यो जना बने का हुन्छन् । तर कुर्सीको  हानथापमा को ही के ही गनैर्  दिन चाहन्नन् । को ही के ही गनैर्  धरमराउ“छन् । को ही आफै  मात्र कुम्ल्याउने  मनसुवा राख्छन् । वास् तवमा बुझाइ र गराइ जस् ता कुरामै  अलमल छ । पक्कै  हामी नया“ सो चअनुसार नया“ काम गर्न चाहन्छौ ं । तर हाम्रो  पुरानो  संस् कार शत्रु बने र खडा छ । यो पुरानो  बानी हो  । स् वार्थी प्रवृत्ति हो  । व्यक्तिवादी चरित्र हो  । आफूभित्रै को  अहंकार हो  । इष्र्या हो  । जलन हो  । घृणा हो  । तिरस् कार हो  । असहिष्णुता हो  । संक्षे पमा भ्रम हो  । अज्ञानता हो  । हरे कले  आफूभित्रको  शत्रुमाथि विजय प्राप्त नगर्दासम्म सुख शान्ति पाइने  छै न । के ही हुने वाला छै न । यो  ले खमा शुरुमै  हामीले  प्रजातन्त्र भने े को  आत्मसंयम हो  भन्ने  कुरा ग¥यौ ं । तर हामीले  भन्ने  मात्रै  हो  हामीले  गदैर् नौ ं । दो ष त्यहींनिर छ । दूध पो खरी बनाउने  कुरा सबै ले  सुने का हौं ला । तर त्यहा“ दूध जम्मा गनेर्  को ही भएन । अर्काे दिन हे र्दा पानी मात्रै  । हाम्रो  हालत त्यस् तै  छ । हामीले  हाम्रो  कर्तव्य भुले का छौ ं । हामी भ्रममा बा“चे का छौ ं र दे शले  दुःख पाएको  छ । तर हामी जागा पनि छौ ं । सबै  मिले र लो कगणतन्त्र ल्याएकै  हो  ।
अपशो च † त्यसको  प्रयो गमा हामी झगडा गदैर् छौ ं । किनकि पुरानो  भ्रम हटिसके को  छै न । तर एक दिन त त्यो  भ्रम न हटी सुख पनि छै न । आ“खा बन्द गर्नुस् । सपना दे ख्नुस् । आखा खो ल्नुस् । काम थाल्नुस् । कसै लाई गाली नगर्नुस् । लो कतन्त्र, समाजबाद, साम्यवाद जहा पुग्न पनि पहिले  आत्मसंयम चाहिन्छ । माग्ने  मात्रै  है न । राष्ट्रलाई मै ले  के  दिन सक्छु– त्यो  पनि सो च्नुस् । नाम बिसेर् , कसै को  एउटा कविता याद आयो –
परीक्षामा बारम्बार अनुत्तीर्ण भएर शताब्दीदे खि एउटै  कक्षामा बसे को  बस्यै  छ 
मे रो  असफल दे श, ने पाल 
म यसमा एक वाक्य थप्न चाहन्छु– अब त असफल हुने  ठाउ पनि बाकी छै न । एक पालि फे रि परीक्षामा बसौ ं । परीक्षाको  घडीमा बसौ ं । कर्ममा जुटौ ं ।

स्थानीय विकासमा सामाजिकसहभागिता

विष्णुप्रसाद खनाल
जनसहभागिता जनताले विकास निर्माण कार्यका सिलसिलामा स्वस्वफूर्त ढंगले पु¥याएको योगदान हो जसले विचारको आदान–प्रदान, विकास क्रियाकलापहरूमा शारीरिक संलग्नता, जिम्मेवारीको बॉडफॉड, उपलब्धिको बॉडफॉड र प्रत्येक क्रियाकलापहरूमा सहयोगको भावनाको बीजारोपण गर्दछ । निर्णय गर्ने प्रक्रियामा सहभागिता, कार्यान्वयनमा सहभागिता, प्रतिफल उपयोगमा कार्यसहभागिता एवं अनुगमन र मूल्याङ्कनमा सहभागिताले समग्ररुपमा जनसहभागिताको प्रतिनिधित्व गर्दछ अर्थात् म, हामी र तपाइ‘ के गर्न सक्छौं भनी एकजुट भएर कार्यान्वयन गरी कुनै पनि विकास कार्यक्रमबाट समुदायलाई साझारुपमा फाइदा हुने, समुदायको इच्छा र आवश्यकताको आधारमा बनाएको योजना कार्यान्वयन तथा मूल्यांकनको मूर्तरुप हो ।
सहभागितामूलक विकासमा देखापर्ने जनसहभागिताको मूलभूत मान्यता नै विकास कार्य सरकारी वा गैरसरकारी संस्थाका स्रोत तथा साधनबाट र उनीहरुकै पहलबाट जनताको समस्या पहिचान गरी, जनता स्वयंको तत्परतामा, जनताको नै वास्तविक मागहरु, जनताकै इच्छा, जनताको आफ्नै श्रम, सीप साधन लगाएर कुनै पनि कार्य गर्नु तथा विकासमा जनताको चाहना, भावना प्रस्फुटन हुने, उनीहरुको वास्तविक समस्याको पहिचान भई वास्तविक आवश्यकताको हृदय खोली प्रस्तुत गर्ने, उनीहरुको सीप, क्षमता आदिको पूर्ण प्रयोग हुन, उनीहरु नै सञ्चालक मालिक बन्न पाउने आदि प्रबृत्तिको विकास गर्नु हो । जसमा विकास प्रक्रियामा सबै चरणमा जनता वा सरोकारवालाहरुको सक्रिय सहभागिता रहन्छ । जनताद्वारा जनताको लागि जनताको विकास, जनताको इच्छानुसार सञ्चालन गरिएको कार्य, पारिश्रमिक लिएर वा नलिएर गरिएको कार्य, देशको ऐन–कानूनभित्रको कार्य र जनताको मात्रात्मक एवं गुणात्मक सहभागिताको कार्य हो । जनताको भावनाको कदर नगरेमा जनता सडकमा ओर्लने र उनीहरुको इच्छा र आकांक्षा पूरा भएपछि राजनीतिक सहभागिता अभिबृद्धि हुने कुरामा बढी विश्वसनीय तथा ढुक्क बन्न सकिन्छ । व्यक्ति पेट भोको राखेर कोही पनि सडकमा उफ्रिन जॉदैन, त्यसैले गरिव देशमा गरिव जनताका बिहान बेलुकाको खानाको समस्या भएको बेलामा उनीहरुलाई राजनीतिक सहभागिता भन्दा काम गरेर २–४ पैसा आर्जन गर्ने र परिवार पालनपोषणमै सीमित हुने हुनाले विकास सहभागिताको जरुरी छ । व्यक्तिका, समूहका, समुदायका आ–आफनै सामाजिक नियम कानून, रीतिरिवाज बसोबास, वातावरण, संस्कारहरु हुने हुनाले सामाजिक तत्वले पनि यसको सहभागितामा प्रत्यक्ष असर पार्दछ ।
विकास स्थानीय जनताको सहभागितामा उनीहरुकै रोजाइ र निर्णयमा उनीहरुलाई नै परिचालन गरी गर्नुपर्दछ । स्थानीय विकासमा स्थानीय जनतालाई अग्रसर बनाउने, विकासको योजनाकार, निर्णयकर्ता र कार्यान्वयनकर्ता जनता नै हुने भएकाले अरुलाई दोष दिन नपाउने हुनाले जसमा अनुसन्धानकर्ताले स्थानीयबासीहरुस‘गै बसेर उनीहरुको सम्पूर्ण पक्षको बारेमा थाहा पाउने प्रयत्न गर्दछ । विकासे योजना बनाउ‘दा र त्यसको पहिचान र कार्यन्वयनमा पनि सहभागितालाई प्राथमिकता दिइनुपर्दछ । अभ्यास हो भने कहिले जनसहभागिता भनेको अनिच्छुक मानिसहरुलाई जर्बजस्ती उनीहरुको इच्छाबिना भाग लिन बाध्य बनाउने पनि हुन्छ । त्यसैले स्वतस्र्फूत आप्mनो काममा बिनादबाब र नियन्त्रर्णबिना जनसहभागिता भएकालाई सही अर्थमा सकारात्मक र विकासको लागि चाहिने आदर्श प्रकारको सहभागिता हो । सहभागितामूलक विकासमा सामाजिक कार्यकर्ता, विकास अनुसन्धानकर्ताहरुको संयुक्त प्रयासमा भएका जनसहभागितामूलक विकासबाट समाजमा गरिव, पिछडिएका तथा अन्य विकास प्रक्रियाले नसमेटेकालाई सहयोग गर्न सकिन्छ । नेपालमा प्रक्रिया तथा सेवा प्रवाहमा सर्वसाधारण जनताको स्वामित्व कायम गर्न मुलुकी शासनका विभिन्न तहमा मात्र नभई विकास कार्यमा समेत सहभागितामूलक प्रक्रिया अपनाउन जरुरी हुन्छ । यसका लागि सामयिक निर्वाचन र विकास प्रक्रियाका विभिन्न चरणहरुमा नागरिकको सहभागिता अपेक्षित हुन्छ । सरकारी तथा गैरसरकारी निकायमार्फत विकासका क्रियाकलापहरुमा सामाजिक परिचालनका माध्यमबाट निर्णय प्रक्रियामा जनसंलग्नता रहे पनि सबै वर्ग, लिङ्ग र सामाजिक समूहको प्रभावकारी सहभागिता हुन सकेको छैन ।
सहभागितामूलक प्रक्रियाहरुबाट विकास गर्नुपर्छ भन्ने भातृसंस्थाहरुको पक्षलाई ग्रहण गर्ने काम विगत केही वर्षयता निकै फैलिएको छ जसमा माथिबाट तल हुने योजनाहरुका प्रक्रियाहरुमा समावेश नगरिएका र नीति निर्माण र ज्ञानको उत्पादनबाट अलग भएका वा एक्लिएका सीमान्तकृत समूहहरु वा व्यक्तिहरुलाई परियोजनाको नीति निर्णय प्रक्रियामा समावेश गर्ने काम सहभागितामूलक विकासको हो । विकासका नीतिहरु र अभ्यासहरु जुन अनुसन्धानमा आधारित छन् तिनीहरुले वास्तविक लक्ष्ँित समूहहरुलाई, उनीहरुको ज्ञान र अनुभवलाई समेटेर घरमा उत्पादित ज्यmभ नचयधल विकास भएमा मात्र दिगो विकास हुन्छ भन्ने तर्कलाई स्थापित गरेको छ । यो भन्दा बढी आधारभूतरुपमा, धेरै सहभागीमूलक विकासका पुजारीहरुको मुख्य चासो भनेको सहभागीमूलक विकास भनेको सोच्ने, सोध्ने र खोज्ने कार्य वा विधि हो जसको अभ्यासले सशक्तिकरणको प्रक्रियालाई प्रोत्साहन गर्दछ ।
सहभागितामूलक प्रक्रिया केवल विकास उद्योगमा मात्र सीमित रहेन यो त बरु सामाजिक, राजनीतिक, नयॉ सामाजिक आन्दोलनस‘ग र वर्तमान व्यवस्थापकीय सिद्धान्तहरु जहॉ सहभागिता र सशक्तिकरण रोजगार र ग्राहकको लागि पनि लागु हुन्छ भन्नेस‘ग सम्बन्धित छ । सहभागिताको जरासम्म पुग्दा पहिले धार्मिक काम विशेष गरी चर्चमा सहभागी हुने भन्ने धार्मिक उद्देश्यबाट उत्पत्ति भई बिस्तारै धर्मनिरक्षेतातर्फ बढेको देखिन्छ तर आजभोलि विकासको धर्म भनेकै सहभागिता बनेको छ । वर्तमान त्रिवर्षीय योजना
(२०७०÷२०७१–२०७२÷२०७३) मा जनसहभागिता कार्यक्रमअन्तर्गत देशको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकास प्रक्रियामा नागरिकहरुको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्य तथा केन्द्र तथा स्थानीयस्तरका विभिन्न तहमा निष्पक्ष निर्वाचनको माध्यमबाट जनप्रतिनिधिहरुको छनोट गर्ने एवं विकास निर्माण कार्य र सेवा प्रवाहको व्यवस्थापनमा नागरिक सहभागिता प्रवद्र्धन गर्ने रणनीति अवलम्बन गरेर मात्र पुग्दैन यसको प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ ।
खासगरी नेपालजस्तो गाउ‘ नै गाउ‘ले भरिएको मुलुकमा, जहॉ सरकारी कार्य मुस्किलले पुग्ने गर्दछन्, त्यहॉ नागरिक समाजलाई सक्रिय बनाउन सके सरकारमाथिको आत्मनिर्भरता घट्ने र स्थानीय स्वायत्त शासन स्वयं मजबुत हुने गर्दछ । ग्रामीण क्षेत्र छाडेर शहरी इलाकातर्फ जनताको बसाइसराइ तीब्र गतिमा हुन्छ  । हिजोसम्म आवश्यक ठानेका कुराहरु निरर्थक बन्छन् र हिजोसम्म थाहा नपाएका जल–वितरण, दुग्ध–वितरण, ढल–निकास, जनस्वास्थ्य, प्रहरी सेवा इत्यादि अनिवार्य खॉचो बन्न पुग्छन् । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिकस्तर उकास्नका निम्ति जनताको प्रयास तथा सरकारीस्तरमा सञ्चालित विकास कार्यहरूबीच सामञ्जस्य हुनुपर्दछ । यसबाट कुनै पनि संकटबाट जनतालाई जोगाउन सकिन्छ । जुन निकायबाट जनताको स्वास्थ्य, आर्थिक स्थिति, जीविका, आवास तथा अस्तित्व सकिने खतरा हुन्छ त्यसैलाई संकट भनिन्छ । यस्ता संकटको मुकाबिला गर्न जनतालाई सामथ्र्य बनाउने सामुदायिक विकास योजनाहरूको लक्ष्य हो । सामाजिक तथा आर्थिक आधारमा सुविधाबाट बञ्चित बन्न पुगेका समुदायहरुमा पनि अनेकौं सम्भावनाहरु अन्तर्निहित हुन्छन् । त्यस्ता सम्भावनाहरुलाई कार्यका रुपमा उतार्नु जरुरी हुन्छ र यसबाट उनीहरुलाई लाभान्वित तुल्याउनका लागि उचित सरसल्लाह दिई उत्साहित समेत तुल्याउनुपर्ने स्थिति हुनसक्छ । यस्तो खालको सामाजिक सांस्कृतिक संरचनामा सामाजिक परिचालन एवं सकारात्मक संयन्त्र चक्रको रुपमा रहन्छ । यस्तो संयन्त्र चक्र गतिशीलताका लागि एक साधन वा माध्यमसमेत बन्न जान्छ । यसमा गरिवी न्यूनीकरणका सारा प्रयासहरुले सहजरुपमा नै सुधारिएको शासन व्यवस्थामा र सामाजिक सेवा प्रदान गर्ने कार्यमा पनि योगदान दिन थाल्छन् । यस्तो योगदानले उल्टै गरिवी न्यूनीकरण माथि नै सहयोग पु¥याइरहेको हुन्छ । मानिसको जीवनस्तर परिवर्तन गर्न आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रक्रियामा नजिकबाट समावेश हुनुपर्दछ । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा जनताको नियन्त्रणमा विकास कार्यक्रम हुनुपर्दछ । यो मानव विकासको महत्वपूर्ण भाग हो । जनसहभागिताले मानवको चौतर्फी विकास गर्न केन्द्रीय भूमिका खेल्छ । जति धेरै सहभागितामूलक विकास बन्दै गयो त्यति नै व्यापक अवसरका पहु‘च पनि बृद्धि हु‘दै जान्छ, जसबाट विकासको मूल पनि फुट्दै जान्छ ।
ग्रामीण समुदायको विकास हुनका लागि आर्थिक तत्वहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । कृषिको विकास, अर्थतन्त्र र घरेलु उद्योगहरुले ग्रामीण समुदायको विकासका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्छ । ग्रामीण इलाकामा बस्ने विशाल जनसंख्याको असीमित इच्छा र आकांक्षाहरूको परिपूर्ति सीमित साधन र स्रोत लिएर बसेको सरकार एक्लैको प्रयासबाट सम्भव देखिदैन । यसका निम्ति समाजका हरेक सक्षम व्यक्तिको योगदान आवश्यक पर्दछ । विकास कार्यमा सरकारको सहयोगी भूमिका मात्र रहन्छ । हर्ताकर्ता त जनता नै हुन्छन् । जनतास‘ग आफ्ना समस्याहरू समाधान गरी उन्नतितिर लाग्ने सामथ्र्य अत्यधिक मात्रामा रहेको हुन्छ । जबसम्म आवश्यकताको महसुस हु‘दैन तबसम्म निस्क्रिय रहेर उनीहरूको शक्ति आवश्यकता अनुभूतिपछि क्रियाशील बन्छ । यसबाट उनीहरूलाई विकासको मार्गतिर अग्रसर गराउ‘छ । आफ्नै विचार वा आवश्यकताबाट निर्देशित भई सञ्चालन गर्ने विकासका कामहरूबाट प्राप्त हुने परिवर्तन वा प्रतिफल स्थायी र प्रभावोत्पादक हुन्छ । सामाजिक सहभागिताले समाजका आम जनतामा विकासप्रति सहभागिता ग्रहण गर्ने सीपको विकास गराउनमा ठूलो मद्दत गर्दछ । विकासका कार्यक्रमहरूमा सहभागिता ग्रहण गर्नु भनेको एक प्रकारको शैक्षिक प्रक्रियामा सहभागी बन्नु हो । यस्तो शैक्षिक प्रक्रियामा संलग्न हु‘दा जनताले प्रजातान्त्रिक आदर्शहरूका बारेमा धेरै कुरा सिक्न सक्छन् भने यस्ता क्रियाकलापबाट उनीहरूमा आत्मबल, आत्मविश्वास र आत्मसम्मान जागृत गराई उत्पादकत्व बढाउनमा सहयोग पु¥याउ‘छ । सामाजिक सहभागिता र शक्ति विकेन्द्रीकरण धेरै नजिक छन् । विकेन्द्रीकरणको सिद्धान्तले स्थानीय विकासका आयोजनाहरूमा जनसहभागिताको अहं भूमिकालाई परिपोषित गर्दछ । विकास र प्रजातन्त्र दिगो र दरिलो बनाउन सामाजिक सहभागिताले धेरै मद्दत पु¥याउ‘छ । स्थानीय आयोजनाहरूमा सामाजिक सहभागितालाई अधिकाधिक बनाउनलाई स्थानीय जनतामा कार्यक्रमप्रति आकर्षण पैदा गराउनुपर्दछ । यसको लागि उत्प्रेरणाको ठूलो भूमिका रहन्छ । तर उत्प्रेरकको भूमिका निभाउन स्थानीय निकायमा कार्यरत विकासकर्मीहरूबाट धेरै चासो लिनुपर्ने देखिन आउ‘छ । स्थानीय स्वायत्त शासनको जगलाई मुलुकमा मजबुत पार्नका लागि सुशासनको अवधारणालाई प्रोत्साहित गरिनुपर्दछ ।