मनीषा अवस्थी–
पछिल्लो समय नेपालका गाउँ गाउँमा पर्यटन विस्तारको अवधारणा विकास भइरहेको छ । जसअनुसार गाउँघरमा रहेका स्रोतसाधनलाई उपयोग गरी पाहुनाहरूलाई स्वागत गरिन्छ । सरकारले नेपाल भित्रिने पर्यटकलाई ग्रामीण भेगमा लगेर व्यवस्थित रूपमा राख्ने अवधारणालाई अघि सारेपछि अहिले होमस्टे (घरबास)को विकासले गति पाएको छ । प्राकृतिक रुपमा सम्पन्न र स्थानीय मौलिकताले भरिपूर्ण स्थानमा कलाकौशलको आकर्षणका साथमा पर्यटकहरूलाई लोभ्याउन सकिने र आम्दानी गर्न सकिने हामस्टेको उद्देश्य हो । घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई भगवानजस्तै मानेर सत्कार गर्नु, आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीय स्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनवजीवन र मौलिक सांस्कृतिक रुपमा सामुदायिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने व्यवसाय नै होमस्टे हो । अझै भन्दा होमस्टेको मूल उद्देश्य नै आन्तरिक र बाह्य पर्यटकहरुलाई आफ्नै घरमै बसेको अनुभूति दिई नयाँ ठाउँको जानकारी र मनोरञ्जन गराउनु हो ।

संस्थागत विकास
नेपालमा होमस्टेको संस्थागत विकास पर्यटन वर्ष सन् २०११ देखि सुरु भएको हो । अहिलेसम्म होमस्टे दर्ता कार्यविधि २०६७ अनुसार अहिले होमस्टेले वैधानिक रुप पाइरहेको छ । अनुमानित तथ्यांकअनुसार हाल दर्ता भई सञ्चालनमा रहेका १ सय ४५ वटा होमस्टे रहेका छन् । जसमध्ये सामुदायिक होमस्टे ७० वटा छन् । जसमा ८०२ घरपरिवार होमस्टे व्यवसायमा प्रत्यक्ष सहभागी भई आयआर्जन गरिरहेका छन् ।

विश्वमा होमस्टे
होमस्टे तथा स्थानीय स्तरमा पर्यटकीय अवधारण नेपालमा मात्रै हैन शक्तिशाली देश अमेरिका लगायतका मुलुकमा पनि अगाडी बढेको पाईन्छ । अमेरिका, अस्टे«लिया, यूरोपलगायतका शक्तिशाली देशहरूमा व्यापार र मनोरञ्जनको उद्देश्यले ग्रामिण पर्यटनका गतिविधि भएका देखिन्छन् । यस्तै विकासोन्मुख मलेसिया र केन्या लगायतका देशहरूमा व्यापार, उत्पादन तथा रोजगारी सृजनाका लागि सुरु गरिएका छन् । यस्तै नेपालमा दुई छिमेकी देश भारत र चीनमा पनि होमस्टे सञ्चालनमा छन् । व्यापार, रोजगारीका लागि होमस्टे सञ्चालनमा आएको देखिन्छ ।

ग्रामिण पर्यटनमा अवसर
स्थानीयस्तरमा ग्रामिण पर्यटनको प्रमुख हिस्साको रुपमा अहिले अघि सारिएको होमस्टेको अवधारणालाई दीगो रुप दिने क्रममा विपन्न र अशिक्षित समुदायमा निकै सकारात्मक परिवर्तन भइरहेको देखिएको छ । स्थानीय जनताको प्रत्यक्ष सहभागीता हुँदा स्थानीय स्तरमा आम्दानी बृद्धि, स्थानीय रोजगारी सिर्जनासँगै सामाजिक रुपमा फरक समुदाय र अर्कै देशका मानिसहरूसँग अनुभव आदानप्रदान हुँदा नयाँ नयाँ ज्ञान बृद्धि भइरहेको छ । यस्तै विकास निर्माणमा सरकारले गर्न नसकेको काम स्थानीय जनताको प्रत्यक्ष सहभागितामा विकास भइरहेको पनि पाईएको छ । जस्तै कतिपय ठाउँमा सामान्य बाटोघाटो बनाउन सके आम्दानी हुने सुनिश्चतता भए उनिहरूले आफै बाटोघाटो निर्माण गर्ने तथा सरकारलाई निर्माणका लागि घच्घच्याउने कामहरू भइरहेका छन् । यसैगरी गाउँमा पर्यटनबारे थाहा भएपछि आफ्नै गाउँघरमा बसेर आफूले उत्पादन गरेको वस्तुहरू बजारीकरण हुँदा उत्साहित भएर ग्रामीण वस्तु प्रदर्शन (कृषि, पशुपालन, माछापालन, ताल पोखरी, खेल, हस्तकला, मठ, मन्दिर बनाउने तर्फ लाग्दा मानिसमा सृजनसिलता बढ्ने देखिन्छ । यस्तै मासिन लागेको प्रकृति र संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा पनि स्थानीयहरू देखिन्छन् । स्थानीय स्तरमा सबै विभिन्न समुदायको सम्बन्ध बढेपछि गाउँघर चुलाचौकामा रहेका महिलाहरूले पनि फरक समुदायसँग नजिक हुन पाउँदा क्षमता अभिबृद्धि समेत हुँदा समानताको मुद्दामा पनि सहयोग पु¥याउने देखिन्छ । यी कुरा नेपालका लागि महत्वपूर्ण अवसरका रुपमा लिन सकिन्छ ।

तसर्थ ग्रामिण पर्यटन तथा होमस्टेको विकासले पर्यापर्यटन विस्तार, सीप विकास र व्यवसायिकरण, कृषिमा विविधिकरण र व्यवसायिकरण, जीविकापार्जनका वैकलल्पीक श्रोतहरुको पहिचान र कार्यान्वयन, रोजगारी तथा प्राकृतिक स्रोतसाधनको संरक्षणमा ठूलो टेवा पुग्ने देखिन्छ । यसैगरी गाउँघरमै लगानी र पूँजीबृद्धिको वातावरण बढ्ने हुँदा बढ्दो शहरीकरणको चाप पनि घट्ने देखिन्छ ।
ग्रामिण पर्यटकीय सम्भावना
नेपाल गाउँ नै गाउँले भरिएको मुलुक भएको र प्राकृतिक उपहारले भरिभराउका कारण पनि हुन सक्छ, होमस्टेको अवधारणा अत्यन्त वातावरणप्रेमी मानिएको छ । नेपालका ९७ प्रतिशत भूभाग ग्रामीण क्षेत्रमा र ८७ प्रतिशत मानिसहरु ग्रामीण क्षेत्रमा बस्दछन् । नेपालमा १ सय २५ भन्दा बढी जातजाति तथा १ सय २३ भन्दा भाषाभाषी बसोबास गर्ने गर्छन्, यो अवस्थाका देश संसारमा विरलै छन् । यति ठूलो नेपालको हिस्सा ओगटेको ग्रामिण क्षेत्र शहरकेन्द्रित तथा सिमित पर्यटकीय प्याकेजभन्दानिकै फराकिलो बन्नसक्दछ । यति मात्रै हैन नेपालमा धार्मिक तिर्थस्थल, कलासंस्कृति, सामाजिक संस्कारसँगै प्रकृतिका अमूल्य उपहार छन् । विश्व जल सम्पदाको दोस्रो धनी, ताल, झरना, गुफा पनि नेपालका ग्रामिण भेगमै छन् । नेपालमा ६ सय भन्दा बढी नदीनाला, ८ वटा अग्ला हिमाल तथा विभिन्न सानासाना गरी १७ सय ९७ वटा हिमाल, १ सिंगे गैडा, बाघ, भालु, सिंह, हिम चितुवा लगायत प्रकृतिका अनुपम उपहारलाई ग्रामिण पर्यटन र सम्बृद्धिको आधार बनाउन सकिन्छ । ४० प्रकारका सर्प, ८७२ प्रकारका चरा, १८० प्रकारका माछा, ६०० प्रकारका पुतली, ३२ प्रकारका लालीगुराँस, ७०० प्रकारका जंगली जडीबुट्टी, लोपोन्मुख जिवजन्तु पनि नेपालमा पाईन्छन् ।

नेपालमा सुरु भएको ग्रामिण पर्यटकीय अवधारणले नेपाली मौलिकपन विश्वसामु पु¥याउने फरक धार पनि समातेको छ । जसका कारण प्रकृतिको धनी देश नेपाल, विविध जातीय संस्कारले भरिपूर्ण नेपाल तथा विश्वकै सभ्यताको सुरुवातकर्ता नेपाल भनेर फरक पहिचान बनाएको देखिन्छ । यहँका कला, संस्कृति, प्रकृतिलाई व्यवसायिक रुपमा विकास गर्न सके यिनै कुरालाई देखाएर व्यापार र स्वरोजगारीको अवस्था बढाउन सकिन्छ । यतिमात्रै हैन नेपाली प्रकृतिले भरिपूर्ण देश भएकाले मनोरम दृश्य तथा कलाकौशललाई विश्व पर्यटनको अनुसन्धान केन्द्रको रुपमा पनि विकास गर्न सकिन्छ ।
समस्या तथा चुनौतीहरू
ग्रामीण पर्यटनका विभिन्न सम्भावना भएर पनि त्यसको उचित व्यवस्थापन र प्रयोगमा उल्लेख्य प्रगति नहुनुले यस क्षेत्रमा विविध समस्या तथा थप चुनौतीहरू रहेको प्रष्ट हुन्छ । पर्यटनका विविध सम्भावना भएको नेपालमा स्थानीय स्रोतसाधनको समुचित प्रयोग तथा विकास गर्न सके देशको आर्थिक विकासमा ठूलो योगदान पुग्न सक्ने कुरामा कसैको दुईमत छैन । यद्यपि ग्रामिण पर्यटनका लागि सरकारले नै स्पष्ट नीति निर्माण गर्न सकेको छैन । नेपालका ग्रामिण भेगमा बाटोघाटोको अभाव छ । जहाँ स्थानीय जनतालाई नै हिँडडुल गर्न असहज छ । मानिसको जनजीवनसँग प्रत्यक्ष्य सरोकार राख्ने स्वास्थ्य संस्थाको समेत अभाव देखिन्छ अधिकांश ग्रामिण भेगमा । प्राकृतिक रुपमा धनी हिमाल, पहाड, खोला, नदिनाला तथा फरक संस्कृतिले भरिएको सुदूरपश्चिम र कणार्ली क्षेत्रका अधिकांश गाउँमा बाटोघाटो र स्वास्थ्यको समेत अभाव हामीसामु छर्लङ्क छन् । त्यस्ता गाउँघरका मानिसहरूले बाहिरी दुनिया देख्न पाएका छैनन्, त्यहाँका मानिस स्वास्थ्य र शिक्षाको पहुँचमा पनि छैनन्, उनिहरूले सरसफाई सम्बन्धि सामान्य शिक्षा पाएका छैनन् । तर यिनै गाउँहरूमा पर्यटकीय सम्भावना अत्यन्तै बढी छ । पर्यटकीय शिक्षाको कुरा त टाढा छ, निजी क्षेत्रको बलबुतामा अघि बढेको नेपालको पर्यटनलाई सरकारले खास केही गर्न नसक्दा पर्यटनका आधारभुत आवश्यकता बाटोघाटोको अभावमै रुमल्लिएका छौं । ग्रामिण पर्यटनका कुरा सरकारले मुखमा भन्न थालेपनि व्यवहारमा कार्यान्वयनको दिशा दिन सकेको छैन । जसका कारण गाउँघरका मानिसहरूलाई पर्यटन सम्बन्धि ज्ञान नै छैन । सरकारी दीर्घकालीन रणनीति साथै आर्थिक तथा राजनीतिक प्रतिबद्धता र तिनको प्रभावकारी कार्यान्वयनमा भएको कमीका कारण यस क्षेत्रमा यी विभिन्न चुनौतिहरू स्पष्ट छन् ।

ग्रामीण विकास गाउँको सर्वोपरि विकास हो जहाँ विकासले ग्रामीण जनसंख्यालाई प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा दिन्छ, साथै विकासलाई दिगो जनसंख्याको जीवनस्तर निकै सुधार हुनेछ । लोकतन्त्रको अभ्यासमै रुमिल्लएको राजनीतिले स्थानीय स्तरका जनतालाई पर्यटकीय गतिबिधिमा संलग्न बनाउने मुद्दाहरूलाई अगाडी सानुपर्छ । जसका कारण ग्रामिण भेगको सम्बृद्धि भई लोकतन्त्रले पनि दिशा पाउनेछ । तसर्थ, यस्ता विविध समस्याको निराकरण गर्दै समग्र राष्ट्रको विकासमा ग्रामीण पर्यटनको नवीन आयाम थप्न होमस्टे कोशेढुङ्गा सावित हुनसक्छ । यसका लागि आन्तरिक तथा बाह्य सुरक्षाको प्रभावकारी व्यवस्था भने सरकारले दरिलोे दीर्घकालीन गुरुयोजनासहित स्ूथानीयस्तरमा पर्यटकीय शिक्षा दिन तयार हुनसके सम्बृद्धिका लागि टाढा पुग्नुपर्दैन ।
(तथ्याङ्कः होमस्टे एशोसिएसन नेपालको सहयोगमा)

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें