निर्जला खड्का ।
ग्रामीण क्षेत्रको विकासमा लघुवित्त वित्तीय संस्थाहरुले धेरै ठुलो भुमिका खेलेका छन् । लघुवित्त वित्तीय संस्थाहरु सहरमा भन्दा ग्रामीण भेगमा नै धेरै सक्रिय छन् । ग्रामीण भेगका मानिसहरुको जीवनशैली परिवर्तन गर्ने उद्देश्यले लघुवित्तहरु ग्रामीण भेगमा नै बढी क्रिया शील हुने गरेका छन् । लघुवित्तको योगदानको बारेमा चर्चा गर्नु भन्दा अगाडी लघुवित्त भनेको के हो भन्ने बारेमा बुझ्नु जरुरी छ । ग्रामीण भेगमा रहेका गरिब तथा विपन्न व्यक्तिहरुको जीवनशैली परिवर्तन गर्ने उद्देश्यले विना धितो कर्जा प्रदान गरी सबैलाई उद्यमशील बनाउन स्थापना भएका वित्तीय संस्थाहरु लघुवित्त हुन् । लघुवित्त यस्तो संस्था हो जसले गरीब तथा विपन्न व्यक्तिहरुलाई ध्यानमा राखी सेवा पुर्याउँछ ।
उत्पादनशील क्षेत्रमा लगानी
ग्रामीण भेगमा कर्जा लिन चाहाने व्यक्तिहरु ठुला बैंकसम्म पुग्न सक्दैनन् । त्यसैले ग्रमीण भेगमा कर्जा दिने संस्था भनेकै लघुवित्तहरु हुन् । लघुवित्तले उत्पादनमुलक कार्यका लागि उत्पादनमुलक क्षेत्रमा नै लगानी गरिरहेका हुन्छन् । लघुवित्त संस्थाले उद्यमशील बन्न चाहाने व्यक्तिहरुका लागि एकरुपताका साथ सेवा प्रदान गरिरहेका हुन्छन् । हाल लघुवित्तहरुले १८ देखि २४ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरेका छन् ।

स्वरोजगार सिर्जना
लघुवित्त संस्थाले ग्रामीण भेगका नागरिकहरुमा आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा सकरात्मक परिवर्तन ल्याएका छन् । गाउँ गाउँमा उद्यमशीलताको विकास गरी युवाहरुलाई स्वदेशमै राख्ने अभियानमा लघुवित्त संस्थाहरुले सञ्चालन गरेका विविध कार्यहरु जनताको लागि प्रसंशनीय छ । लघुवित्त संस्थाले कृषि कर्जा, लघु, उद्यम कर्जा, उर्जा कर्जा वैदेशिक रोजगार कर्जा शैक्षिक कर्जा आकस्मिक कर्जा, घर घडेरी कर्जा जस्ता कर्जाहरु उपलब्ध गराई कर्जा सदस्यहरुको आयआर्जन बढाउन तथा तिनलाई निवार्हमुखिबाट उद्यमीसम्म बनाउन सहयोग पुर्याएका छन् । लघुवित्तले बिना धितो ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँछ । केहि गर्छु भन्नेलाई लघुवित्त एउटा सजिलो माध्यम बनेको छ । विदेश जाने युवाका लागि नेपालामै केहि गर्नुपर्छ भन्ने मान्यता लघुवित्तले राख्दछ । लघुवित्तको यस मान्यतालाई राज्यले पनि साथ दिनुपर्छ ।

महिला सशक्तिकरण
लघुवित्तहरुले कर्जा मात्र उपलब्ध गराउँदैनन्, यिनीहरुले महिला सशक्तिकरणका लागि ठाउँ–ठाउँमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् । लघुवित्त संस्थाहरुबाट महिलाहरु लाभान्वित भएका छन् । हिजो आफ्नो घरपरिवारको हिसाब गर्न नसक्ने महिलाहरु आज महिला समुह खोलेर ४०÷५० जनाको समुह व्यवस्थापन गर्न सक्ने भएका छन् ।

गरिबी न्युनिकरण
देशको अर्थतन्त्रमा लघुवित्त वित्तीय संस्थाको भुमिका एकदमै महत्वपु्र्ण हुन्छ । मुलुकमा गरीबीको दर घटाउन लघुवित्तले सहयोग पुर्याउँदै आएको छ । पछिल्लो १५/२० वर्षमा झण्डै २५ प्रतिशत जनसङख्या गरीबीको रेखाबाट माथि उठिसकेको छ । ग्रामीण भेगमा लगानी विस्तार हुनुमा लघुवित्तको सबैभन्दा ठुलो हात रहेको छ । लघुवित्त संस्थाले गरीब तथा विपन्न व्यक्तिहरुको लागि सेवा पुर्याउँछ । लघुवित्त वित्तीय संस्थाहरुले अरु क्षेत्रको लागि भन्दा पनि कृषि, साना उद्योग जस्ता उत्पादनमुलक क्षेत्रमा बढि लगानी गर्ने गर्दछन् । ग्रामीण तथा दुर्गम भेगका जनजीवनलाई बंैकिङ पहुँच विस्तार गर्नका लागि लघुवित्त संस्थाहरु खोलिएका हुन् । देशको एक तिहाइ जनसङख्या लघुवित्तमा आबद्ध भएका छन्, जसले गर्दा नेपालको अर्थतन्त्रको विकास भएको छ । लघुवित्त संस्थाहरु गरीब तथा विपन्न वर्गको जीवनस्तर सुधारका लागि मेरुदण्डको रुपमा स्थापित भइसकेका छन् । लघुवित्तहरुले उद्यमशीलताको विकास गर्ने खालका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । जसले गर्दा देशको गरीबी घट्दै गएको छ । तर, अपेक्षाकृत ढंगबाट गरीबी घट्न सकेको छैन । किनकि राज्य आफैँ सक्रिय भएर विविध कार्यक्रमहरुलाई अगाडी लैजान सकेको छैन ।

ग्रामीण विकास
लघुवित्तले प्रायः सबै ग्रमीण क्षेत्रमा आफ्नो अस्तित्व जमाउँदै आएको छ । लघुवित्त संस्थाहरुले ग्रामीण क्षेत्रलाई मूख्य केन्द्रिविन्दु बनाएर गाउँ गाउँमा आफ्नो पहुँच विस्तार गर्दै आएका छन् । लघुवित्त संस्थाहरुले नेपालमा बैंकिङ भुगोल बढाइरहेका छन् । जब ग्रामीण क्षेत्रको विकास हुन्छ, तब त्यहाँ बस्ने मानिसहरुको जीवनस्तर विकसित हुँदै जान्छ । फलस्वरुप, समग्र मुलुकको नै आर्थिक विकास सम्भव हुन्छ । लघुवित्तले ग्रामीण क्षेत्रको विकाससँगै राष्ट्रको विकासमा समेत फराकिलो बाटो बनाउँदै आएको छ । ग्रामीण क्षेत्रको विकास र लघुवित्तको सम्बन्ध निकै प्रगाढ रहेको छ । लघुवित्त वित्तीय संस्थाको विकास भएकै कारण ग्रामीण क्षेत्रको विकास सम्भव भएको हो । यदि लघुवित्तको विकास थिएन भने ग्रामीण भेगका मानिसहरु बैंकिङ सेवा बाट बञ्चित भएर बस्नुपथ्र्यो । बैंकिङ सेवा पाए पनि असहज हुन्थ्यो । तर आज लघुवित्तको कारण सबै ग्रामीण भेगका मानिसलाई सहज भएको छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें